युक्रेनका बारेमा छलफल गर्न नाटोका रक्षा मन्त्रीहरूको बैठक बस्दै « Khabarhub

युक्रेनका बारेमा छलफल गर्न नाटोका रक्षा मन्त्रीहरूको बैठक बस्दै


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तर एटलान्टीक सन्धि सङ्गठन (नाटो) को रक्षा मन्त्रीहरूको सम्मेलन हुने भएको छ ।

नियमित दुईदिने सम्मेलन ब्रसेल्समा हुन लागेको नाटोका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । सम्मेलनमा विषेश गरेर युक्रेनका बारेमा छलफल हुने अधिकारीहरूले जनाएका छन् ।

‘नाटोको उच्च सैन्य अधिकारीहरूको सम्मेलन यही जनवरी १२ देखि १३ तारिखसम्म बेल्जियमको ब्रसेल्समा गर्ने निर्णय भएको छ,’ सङ्गठनका एक अधिकारीले भने । सङ्गठनले आफ्नो वेबसाइटमा राखेको वक्तव्यका अनुसार नाटोका आगामी रणनीतिक योजनाहरूका बारेमा समेत सम्मेलनमा छलफल हुनेछ ।

नाटोको सुरक्षासम्बन्धी सल्लाह दिने मुख्य संयन्त्रको रूपमा रहेको रक्षा मन्त्रीहरूको सम्मेलनलाई महत्वका साथ हेरिएको छ । नाटोका रक्षा मन्त्रीहरूको बैठक हरेक वर्ष कम्तीमा तीन पटक बस्ने गरेको छ । त्यसमा नाटोले लिएका निर्णय र त्यसको कार्यान्वयनको अवस्थाका बारेमा समीक्षा गर्दै भावी योजना र रणनीतिहरूका बारेमा गम्भीर छलफल हुने गरेको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ७ : ०५ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले