नगरकोट सडक निर्माणका लागि धर्ना र चक्काजामको तयारी « Khabarhub

नगरकोट सडक निर्माणका लागि धर्ना र चक्काजामको तयारी


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कमलविनायक – भक्तपुरको नगरकोट सडकखण्ड निर्माणको काम तत्काल सम्पन्न गर्न भक्तपुरको चाँगुनारायण नगरपालिकाले माग गरेको छ ।

कमलविनायकबाट भत्केको पाटी हुँदै नगरकोट जाने सडक निर्माणको लागि ८ वर्षअघि ठेक्का सम्झौता भए पनि अलपत्र छ । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, सडक सुधार आयोजना कार्यालय बबरमहलले भारतीय निर्माण कम्पनी एआइपीएल र नेपाली निर्माण कम्पनी सैलुङ कन्सट्रक्सनलाई ठेक्का दिएको थियो ।

करिब १५ किलोमिटर लामो यो सडक २०७३ असार ३ गतेसम्म सम्पन्न गर्ने सम्झौता थियो । ७ पटक सम्झौताको म्याद थप गर्दा पनि सडकले पूर्णता नपाएकोले नगरपालिकाले निर्माणको काम तत्काल सम्पन्न गर्न माग गरेको हो ।

सडक निर्माणका लागि असोज २८ गते अन्तिम म्याद अवधि भए पनि चैत मसान्तसम्म थप गरिएको छ । सडक निर्माण अलपत्र पर्दा स्थानीय दैनिक धुलो र धुवाँका कारण सास्ती खेप्दै आएका छन् । निर्माण कम्पनीको मनपरीले निर्माणमा ढिलाई भएको स्थानीयको गुनासो छ ।

नगरपालिकाले अन्तिम म्यादसम्म सडक निर्माण नभएमा पालिकाको नेतृत्वमा आन्दोलन गर्ने जनाएको छ । नगरप्रमुख सोमप्रसाद मिश्रले सडक निर्माणको लागि पटकपटक सम्बन्धित निकायमा ध्यानाकर्षण गरेपनि त्यसको कुनै सुनुवाई नभएको गुनासो पोखेका छन् ।

‘सडक निर्माणको लागि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्यौँ । संसदमा आवाज उठायौँ । तर हाम्रो केही सुनुवाई भएन, संघीय सरकारबाट सम्झौता भएकोले नगरपालिकाको अधिकारमा रही सडक निर्माणको लागि दबाब उठायौँ तर केही भएन,’ नगरप्रमुख मिश्रले भने, ‘अब पनि सडक निर्माण नभए हामी आन्दोलन गर्छौँ। स्थानीय नागरिक समाज, स्थानीय बासिन्दा र सरोकारवाला निकायको सहयोग र नगरपालिकाको नेतृत्वमा आन्दोलन हुनेछ ।’

उनले समयमा सडक निर्माण नगर्ने कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्न पनि माग गरिएको बताए । अब नगरपालिकाको पहलमा सडक निर्माण गर्ने योजना छ ।

उनले सडक निर्माणको मागस्वरुप यही पुस ७ गते सडक निर्माण कार्य अलपत्र परेको विषयमा सरोकारवालासँग अन्तरक्रिया गर्ने, ११ गते जिल्ला प्रसासन कार्यालय घेराउ, १५ गते सडक सुधार तथा विकास आयोजना कार्यालय घेराउ र आवश्यकताको आधारमा ठेकेदार कम्पनीको कार्यालय/निवास घेराउ, माइतीघर मण्डलामा धर्ना र अरनिको राजमार्गमा चक्काजाम गर्ने कार्यक्रम रहेको बताए । सडक निर्माणको हालसम्म ७८ प्रतिशत भौतिक प्रगति भएको र निर्माण कम्पनीले १० प्रतिशत क्षतिपूर्ती लगाएको पनि नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ८ : ५३ बजे

समाजका जीवित इतिहासः एक सय आठ वर्षीय भौना डगौरा

कञ्चनपुर – समाजमा ज्येष्ठ नागरिक केवल उमेरले पाका व्यक्तिमात्र होइनन्

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका