समाजवादी प्रेस सङ्गठनको विशेष भेला सोमबार हुँदै « Khabarhub

समाजवादी प्रेस सङ्गठनको विशेष भेला सोमबार हुँदै


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले आगामी सोमबार काठमाडौँमा विशेष भेला गर्ने भएको छ ।

उक्त भेलामा करीब ५०० जना सहभागी हुनेछन् । पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा हुने सो भेलामा गठबन्धनका शीर्ष नेताहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रतिगमनको खतरा भन्ने विषयमा छलफल गर्नेछन् ।

सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले विभिन्न समयमा देशमा भएका आन्दोलनबाट प्राप्त अहिलेको व्यवस्थालाई सङ्कुचित गरी जनताका अधिकारलाई कटौती गर्न अब कसैले पनि नसक्ने सन्देश दिन कार्यक्रम गर्न लागिएको जानकारी दिएका छन् ।

गत वर्ष पुस ५ गते तत्कालिन प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन भएको दिनलाई प्रतिकात्मक रुपमा मानेर सङ्गठनले देशभरका कमिटीलाई उक्त दिन विरोधस्वरुप जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १० : ५० बजे

त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख दिने १८ जना पक्राउ

काठमाडौँ– प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट १८ जनालाई पक्राउ गरेको छ

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

काठमाडौँ– मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना