फेमिली केयर अस्पतालबाट सेवा सुरु « Khabarhub

फेमिली केयर अस्पतालबाट सेवा सुरु


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– काठमाडौंबाट खोटाङ स्थानान्तरण गरिएको फेमिली केयर अस्पतालले नियमित सेवा सुरू गरेको छ ।

ग्रामीण क्षेत्रका सर्वसाधारणको स्वास्थ्यलाई लक्षित गर्दै सहरबाट गाउँमा सारिएको अस्पतालले दिक्तेलबजारबाट नियमित सेवा सुरु गरेको हो । गत चैतदेखि सेवा प्रवाह सुरु गरेको अस्पतालले कोभिड–१९ को महामारी न्यून हुँदैगएपछि नियमित सेवा प्रवाह सुरु भएको अस्पतालका अध्यक्ष डा. केके राईले बताए ।

‘गम्भीर अवस्थाका विरामीलाई तुरुन्तै काठ्माण्डौं पु¥याउन ढिला हुन्छ । बिरामीको बाटैमा ज्यान जान सक्छ, जिल्लामा त्यो अवस्थाका बिरामीलाई तत्काल उपचार गर्ने अस्पतालको खाँचो छ,’ डा. राईले भने, ‘हामीले नाफाका लागि होईन, सेवा दिनका लागि जिल्लामा अस्पताल सारिएको हो । नाफाका लागि काठ्माण्डौंमा रहेको अस्पताल अन्यत्र सार्न आवश्यक थिएन ।’

खोटाङमा स्वास्थ्यमा जटिल किसिमका समस्या देखिए हेलीकोप्टर चार्टर गर्दै अन्यत्र जानुपर्ने अवस्था छ । कतिपय बिरामीको अस्पताल लैजानेक्रममा बाटैमा ज्यान जाने गरेको छ । भरपर्दो स्वास्थ्य सेवा लिन काठमाडौं पुग्नुपर्ने बाध्यता अन्त्याका लागि अस्पताललाई दिक्तेलमा सारिएको हो ।

हार्टअट्याक, दम, कडा निमोनिया, एपेन्डिक्स, विभिन्न दुर्घटना, प्रसूति सम्वन्धी समस्याबाट गम्भीर बनेका बिरामीलाई छिटो र छरितो उपचार दिने व्यवस्थाका लागि फेमिली केयर अस्पताललाई गाउँमा स्थानान्तरण गरिएको डा. राईले बताए ।

५० शैयाको स्वीकृति पाएको अस्पतालमा हाल १५ शैयाको इमरजेन्सी वार्ड सञ्चालनमा ल्याइएको छ । हाल अस्पतालमा जनरल फिजिसियन (एमडिजिपी) दुई जना, सर्जन एक जना र डेण्टलका एक जना डाक्टरमार्फत इमरजेन्सी सेवा तथा हाडजोर्नी, प्रसूति, बाल रोग, दाँत लगायतका जनरल सेवा प्रवाह सुरु गरिएको फेमिली हेल्थ केयर इन्टरनेशनल एण्ड रिसर्च सेन्टरले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १० : ५९ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का