फेमिली केयर अस्पतालबाट सेवा सुरु « Khabarhub

फेमिली केयर अस्पतालबाट सेवा सुरु


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– काठमाडौंबाट खोटाङ स्थानान्तरण गरिएको फेमिली केयर अस्पतालले नियमित सेवा सुरू गरेको छ ।

ग्रामीण क्षेत्रका सर्वसाधारणको स्वास्थ्यलाई लक्षित गर्दै सहरबाट गाउँमा सारिएको अस्पतालले दिक्तेलबजारबाट नियमित सेवा सुरु गरेको हो । गत चैतदेखि सेवा प्रवाह सुरु गरेको अस्पतालले कोभिड–१९ को महामारी न्यून हुँदैगएपछि नियमित सेवा प्रवाह सुरु भएको अस्पतालका अध्यक्ष डा. केके राईले बताए ।

‘गम्भीर अवस्थाका विरामीलाई तुरुन्तै काठ्माण्डौं पु¥याउन ढिला हुन्छ । बिरामीको बाटैमा ज्यान जान सक्छ, जिल्लामा त्यो अवस्थाका बिरामीलाई तत्काल उपचार गर्ने अस्पतालको खाँचो छ,’ डा. राईले भने, ‘हामीले नाफाका लागि होईन, सेवा दिनका लागि जिल्लामा अस्पताल सारिएको हो । नाफाका लागि काठ्माण्डौंमा रहेको अस्पताल अन्यत्र सार्न आवश्यक थिएन ।’

खोटाङमा स्वास्थ्यमा जटिल किसिमका समस्या देखिए हेलीकोप्टर चार्टर गर्दै अन्यत्र जानुपर्ने अवस्था छ । कतिपय बिरामीको अस्पताल लैजानेक्रममा बाटैमा ज्यान जाने गरेको छ । भरपर्दो स्वास्थ्य सेवा लिन काठमाडौं पुग्नुपर्ने बाध्यता अन्त्याका लागि अस्पताललाई दिक्तेलमा सारिएको हो ।

हार्टअट्याक, दम, कडा निमोनिया, एपेन्डिक्स, विभिन्न दुर्घटना, प्रसूति सम्वन्धी समस्याबाट गम्भीर बनेका बिरामीलाई छिटो र छरितो उपचार दिने व्यवस्थाका लागि फेमिली केयर अस्पताललाई गाउँमा स्थानान्तरण गरिएको डा. राईले बताए ।

५० शैयाको स्वीकृति पाएको अस्पतालमा हाल १५ शैयाको इमरजेन्सी वार्ड सञ्चालनमा ल्याइएको छ । हाल अस्पतालमा जनरल फिजिसियन (एमडिजिपी) दुई जना, सर्जन एक जना र डेण्टलका एक जना डाक्टरमार्फत इमरजेन्सी सेवा तथा हाडजोर्नी, प्रसूति, बाल रोग, दाँत लगायतका जनरल सेवा प्रवाह सुरु गरिएको फेमिली हेल्थ केयर इन्टरनेशनल एण्ड रिसर्च सेन्टरले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १० : ५९ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट