आर्यनलाई फिल्म मेकिङ सिकाउदै शाहरुख « Khabarhub

आर्यनलाई फिल्म मेकिङ सिकाउदै शाहरुख


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानका लागि सन् २०२१ निकै समस्याग्रस्त रह्यो । मुम्बईबाट गोवा जान लागेको एक क्रुजमा एनसीबीको टिमले छापा मारेर आर्यनसहित आठलाई पक्राउ गरेको थियो । एनसीबीले उनीहरुलाई क्रुजमा भएको ड्रग्स पार्टीमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको थियो । आर्यन पक्राउ परेको २८ दिनपछि जमानतमा रिहा भइसकेका छन् ।

जेलबाट रिहा भए पनि आर्यनको तनाव घटेको छैन । यहीकारण शाहरुख र उनकी श्रीमति गौरी खानले आर्यनको जीवनबाट सबै तनावलाई हटाउनका लागि विशेष योजना बनाएका छन् । शाहरुख र गौरीले मुम्बईमै बसेर आर्यनलाई फिल्म मेकिङ सिकाउने योजना बनाएका हुन् ।

आर्यनलाई फिल्म मेकिङप्रति निकै चासो छ । शाहरुख र गौरीले विदेशमा फिल्म मेकिङ सिकाउने योजना बनाए पनि क्रुज लागुऔषध मुद्धामा फसेपछि एनसीबीले आर्यनको पासपोर्ट नियन्त्रणमा लिएको छ । जसकारण उनी तत्कालका लागि विदेश जान पाउदैनन् ।

समाचारअनुसार चाँडै नै आर्यन एक ठूलो प्रोडक्सन हाउससँग जोडिँदैछन् । जहाँ उनले फिल्म मेकिङको प्रक्रिया सिक्नेछन् । आर्यन पिता शाहरुखको फिल्म ‘पठान’मा शाहरुखको एक्सन दृश्यको आइडिएसनको योजना बनाइरहेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ११ : ४२ बजे

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन