आर्यनलाई फिल्म मेकिङ सिकाउदै शाहरुख | Khabarhub Khabarhub

आर्यनलाई फिल्म मेकिङ सिकाउदै शाहरुख


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानका लागि सन् २०२१ निकै समस्याग्रस्त रह्यो । मुम्बईबाट गोवा जान लागेको एक क्रुजमा एनसीबीको टिमले छापा मारेर आर्यनसहित आठलाई पक्राउ गरेको थियो । एनसीबीले उनीहरुलाई क्रुजमा भएको ड्रग्स पार्टीमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको थियो । आर्यन पक्राउ परेको २८ दिनपछि जमानतमा रिहा भइसकेका छन् ।

जेलबाट रिहा भए पनि आर्यनको तनाव घटेको छैन । यहीकारण शाहरुख र उनकी श्रीमति गौरी खानले आर्यनको जीवनबाट सबै तनावलाई हटाउनका लागि विशेष योजना बनाएका छन् । शाहरुख र गौरीले मुम्बईमै बसेर आर्यनलाई फिल्म मेकिङ सिकाउने योजना बनाएका हुन् ।

आर्यनलाई फिल्म मेकिङप्रति निकै चासो छ । शाहरुख र गौरीले विदेशमा फिल्म मेकिङ सिकाउने योजना बनाए पनि क्रुज लागुऔषध मुद्धामा फसेपछि एनसीबीले आर्यनको पासपोर्ट नियन्त्रणमा लिएको छ । जसकारण उनी तत्कालका लागि विदेश जान पाउदैनन् ।

समाचारअनुसार चाँडै नै आर्यन एक ठूलो प्रोडक्सन हाउससँग जोडिँदैछन् । जहाँ उनले फिल्म मेकिङको प्रक्रिया सिक्नेछन् । आर्यन पिता शाहरुखको फिल्म ‘पठान’मा शाहरुखको एक्सन दृश्यको आइडिएसनको योजना बनाइरहेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ११ : ४२ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग