मनकामना केबलकार चार दिन बन्द हुने « Khabarhub

मनकामना केबलकार चार दिन बन्द हुने


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुग्लिन- मनकामना केबलकार चार दिन बन्द हुने भएको छ ।

स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार  दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको हो ।

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ । मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारदेखि केबलकार सेवा नियमित सञ्चालन हुने उनले बताए ।

उक्त अवधिभर केबलकार बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् रहनेछ । कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो । चालू आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १२ : ०१ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने