बेलायतमा कोरोना भाइरसका एकैदिन ९० हजारभन्दा बढी संक्रमित « Khabarhub

बेलायतमा कोरोना भाइरसका एकैदिन ९० हजारभन्दा बढी संक्रमित


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतमा एकै दिन कोरोना भाइरसका ९३ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन् ।

कोरोना भाइरसको प्रकोप सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेका हुन् । स्वास्थ्य अधिकारीहरुले प्रकोप शुरू भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन् ।

शुक्रबार मात्र पनि ९३ हजार ४५ जना सङ्क्रमित भेटिएका छन् ।  कोरोना भाइरस शुरू भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका हुन् ।

यसअघि बिहीबार मात्र पनि यहाँ ८८ हजार ३७६ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका थिए । यसरी यहाँ महामारीको प्रकोप बढेको यो तेस्रो दिन हो ।

यसअघि पनि गत बुधबार मात्र पनि यहाँ ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड सङक्रमणको पुष्टि भएको थियो । कोभिड महामारी सुरु भएयता एकैदिन यहाँ बढी मात्रामा सङ्क्रमित देखिएका हुन् । यो क्रम यहाँ शुक्रबार पनि बढेपछि बेलायतमा अहिलेसम्मकै सबैभन्दा बढी सङक्रमितहरु भेटिने क्रम बढेको पाइएको हो ।

यहाँ केही समययता हरेक दिन कोभिड १९ का सङ्क्रमितहरु बढ्दै गएको देखिएको छ । साथै यहाँ कोभिडको घातक मानिएको ओमिक्रोन पनि बढ्दो देखिएको छ ।

स्वास्थ्य अधिकारीहरुले ओमिक्रोनको सङ्क्रमण पनि दिन प्रतिदिन बढेको देखिएको बताएका छन् । शुक्रबार मात्र पनि ३ हजार २०१ जनामा ओमिक्रोनको घातक संक्रमण फैलिएको देखिएको पनि अधिकरीहरुले जनाएका छन् ।

योसमेत गरी यहाँ ओमिक्रोनका अहिलेसम्म १४ हजार जनाभन्दा बढीमा संक्रमण पाइएको बताइएको छ । बेलायतको सरकारले कोभिड नियन्त्रणका लागि लकडाउन भइरहेका समयमा यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि भएको जनाएको थियो र त्यसपछि सबैभन्दा बढी शुक्रबार देखिएका बताइएको छ ।

यहाँ अहिलेसम्म एक करोड ११ लाखभन्दा बढी सङ्क्रमित पुगेका छन् । त्यसैगरी बेलायतमा यो संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४७ हजार भन्दा बढी पुगेको बताइएको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १ : ४० बजे

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल

गाजा– हमासले शुक्रबार गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक

अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौँ– बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना