चलमलाउँदै चितवनको व्यापारिक गतिविधि, पुस महिनाभर मेला महोत्सव « Khabarhub

चलमलाउँदै चितवनको व्यापारिक गतिविधि, पुस महिनाभर मेला महोत्सव


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- यो वर्ष चितवनमा पुषभर मेला महोत्सवमय बन्ने भएको छ । चितवनमा पुस महिनामा मात्रै तीन महोत्सव र एक प्रदर्शनी हुन लागेका हुन् ।

चितवन उद्योग संघको आयोजनामा शुक्रबार छैँटौँ औद्योगिक प्रदर्शनी सुरू भएको छ । संघको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा भएको औद्योगिक प्रदर्शनीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले उद्घाटन गरेकी हुन् ।

४ पुससम्म चल्ने प्रदर्शनीमा भारतीय ५० सहित दुई सय वटा स्टल रहेका छन् । उद्योग तथा व्यवसाय गर्न चाहने नवउद्यमीलाई प्रदर्शनी फलदायी हुने आयोजकको अपेक्षा छ । प्रदर्शनीमा प्रवेश निःशुल्क छ ।

पूर्वी चितवनको राप्तीमा पहिलो पटक गड्यौली महोत्सव हुने भएको छ । गड्यौली भिलेज प्रालिको आयोजनामा १४–२४ पुषसम्म हुने महोत्सवमा सय वटा स्टल रहने आयोजकले जनाएको छ ।

‘कोरोनाका कारण थलिएको व्यवसाय प्रवर्द्धन गर्न महोत्सव गर्न लागिएको हो,’ आयोजक गड्यौली भिलेज प्रालिका निर्देशक गणेश लामाले भने, ‘महोत्सवमा कृषि, पर्यटन र व्यवसायलाई प्राथमिकता दिन्छौँ ।’

करिब ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ८० रुपैयाँ र विद्यार्थीलाई ६० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

उद्योग वाणिज्य संघ चितवनले १३औँ संस्करणको चितवन महोत्सव २५ पुसदेखि ५ माघसम्म गर्ने भएको छ । गतवर्ष नै हुनुपर्ने महोत्सव कोरोना महामारीका कारण एक वर्ष पछाडि धकेलिएको हो । महोत्सवको तयारी तीव्र बनाइएको छ ।

महोत्सवमा करिब चार सय वटा स्टल रहने उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले बताए । कोरोना महामारीका कारण थला परेका उद्योग व्यवसायलाई उकास्न र यहाँको आर्थिक गतिविधि चलायनमान बनाउन महोत्सव फलदायी हुने अपेक्षा गरिएको उनी बताउँछन् ।

रत्ननगर उद्योग वाणिज्य संघले पनि पुषमै महोत्सव गर्ने भएको छ । ११औँ संस्करणका रत्ननगर महोत्सव २७ पुसदेखि ८ माघसम्म आयोजना गर्न लागेएको संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए । महोत्सवमा तीन सय ५० वटा स्टल हुने छन् । पाँच लाखभन्दा बढीले महोत्सव अवलोकन गर्ने अनुमान गरेको उनको भनाइ छ ।

‘विशेषगरी कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि हामीले महोत्सव गर्न लागेका हौँ,’ उनले भने, ‘गत वर्ष कोरोना महामारीमा धेरै मानिस घरमै बस्नु परेकाले यसपटक महोत्सवमा धेरैले अवलोकन गर्ने अपेक्षा छ । स्टलहरू पनि ७० प्रतिशत बुकिङ भइसकेका छन् ।’

चितवन महोत्सव र रत्ननगर महोत्सव हरेक दुई वर्षमा एकपटक हुने गर्छन् । चितवन महोत्सव बिजोर वर्षमा र रत्ननगर महोत्सव जोर वर्षमा हुँदै आएका थिए । गतवर्ष महोत्सव गर्न नपाएको उवासंघ चितवन यसपटक गर्न चाहन्छ । एउटै उद्देश्यका दुई ठूला महोत्सव यस वर्ष एकै समयमा हुन लागेका छन् । चितवन महोत्सव आगामी वर्ष पनि हुनेछ ।

दुवै महोत्सवको उद्देश्य ‘चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई बढोत्तरी गराउने र स्थानीय उत्पादनका प्रदर्शनीलाई प्राथमिकता दिने हो । यसपटक एकैचोटी महोत्सव गराउने विषयमा दुई संस्थाबीच सहमति भइसकेको छ ।

चितवनकै कालिका नगरपालिकामा पनि पहिलोपटक पदमपुर पर्यटन, साँस्कृतिक तथा व्यापारिक महोत्सव भएको छ । २३ मंसिरदेखि शुरू भएको महोत्सव ४ पुससम्म चल्नेछ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  २ : ३० बजे

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन

‘मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं– नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन