चलमलाउँदै चितवनको व्यापारिक गतिविधि, पुस महिनाभर मेला महोत्सव | Khabarhub Khabarhub

चलमलाउँदै चितवनको व्यापारिक गतिविधि, पुस महिनाभर मेला महोत्सव


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- यो वर्ष चितवनमा पुषभर मेला महोत्सवमय बन्ने भएको छ । चितवनमा पुस महिनामा मात्रै तीन महोत्सव र एक प्रदर्शनी हुन लागेका हुन् ।

चितवन उद्योग संघको आयोजनामा शुक्रबार छैँटौँ औद्योगिक प्रदर्शनी सुरू भएको छ । संघको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा भएको औद्योगिक प्रदर्शनीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले उद्घाटन गरेकी हुन् ।

४ पुससम्म चल्ने प्रदर्शनीमा भारतीय ५० सहित दुई सय वटा स्टल रहेका छन् । उद्योग तथा व्यवसाय गर्न चाहने नवउद्यमीलाई प्रदर्शनी फलदायी हुने आयोजकको अपेक्षा छ । प्रदर्शनीमा प्रवेश निःशुल्क छ ।

पूर्वी चितवनको राप्तीमा पहिलो पटक गड्यौली महोत्सव हुने भएको छ । गड्यौली भिलेज प्रालिको आयोजनामा १४–२४ पुषसम्म हुने महोत्सवमा सय वटा स्टल रहने आयोजकले जनाएको छ ।

‘कोरोनाका कारण थलिएको व्यवसाय प्रवर्द्धन गर्न महोत्सव गर्न लागिएको हो,’ आयोजक गड्यौली भिलेज प्रालिका निर्देशक गणेश लामाले भने, ‘महोत्सवमा कृषि, पर्यटन र व्यवसायलाई प्राथमिकता दिन्छौँ ।’

करिब ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ८० रुपैयाँ र विद्यार्थीलाई ६० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

उद्योग वाणिज्य संघ चितवनले १३औँ संस्करणको चितवन महोत्सव २५ पुसदेखि ५ माघसम्म गर्ने भएको छ । गतवर्ष नै हुनुपर्ने महोत्सव कोरोना महामारीका कारण एक वर्ष पछाडि धकेलिएको हो । महोत्सवको तयारी तीव्र बनाइएको छ ।

महोत्सवमा करिब चार सय वटा स्टल रहने उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले बताए । कोरोना महामारीका कारण थला परेका उद्योग व्यवसायलाई उकास्न र यहाँको आर्थिक गतिविधि चलायनमान बनाउन महोत्सव फलदायी हुने अपेक्षा गरिएको उनी बताउँछन् ।

रत्ननगर उद्योग वाणिज्य संघले पनि पुषमै महोत्सव गर्ने भएको छ । ११औँ संस्करणका रत्ननगर महोत्सव २७ पुसदेखि ८ माघसम्म आयोजना गर्न लागेएको संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए । महोत्सवमा तीन सय ५० वटा स्टल हुने छन् । पाँच लाखभन्दा बढीले महोत्सव अवलोकन गर्ने अनुमान गरेको उनको भनाइ छ ।

‘विशेषगरी कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि हामीले महोत्सव गर्न लागेका हौँ,’ उनले भने, ‘गत वर्ष कोरोना महामारीमा धेरै मानिस घरमै बस्नु परेकाले यसपटक महोत्सवमा धेरैले अवलोकन गर्ने अपेक्षा छ । स्टलहरू पनि ७० प्रतिशत बुकिङ भइसकेका छन् ।’

चितवन महोत्सव र रत्ननगर महोत्सव हरेक दुई वर्षमा एकपटक हुने गर्छन् । चितवन महोत्सव बिजोर वर्षमा र रत्ननगर महोत्सव जोर वर्षमा हुँदै आएका थिए । गतवर्ष महोत्सव गर्न नपाएको उवासंघ चितवन यसपटक गर्न चाहन्छ । एउटै उद्देश्यका दुई ठूला महोत्सव यस वर्ष एकै समयमा हुन लागेका छन् । चितवन महोत्सव आगामी वर्ष पनि हुनेछ ।

दुवै महोत्सवको उद्देश्य ‘चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई बढोत्तरी गराउने र स्थानीय उत्पादनका प्रदर्शनीलाई प्राथमिकता दिने हो । यसपटक एकैचोटी महोत्सव गराउने विषयमा दुई संस्थाबीच सहमति भइसकेको छ ।

चितवनकै कालिका नगरपालिकामा पनि पहिलोपटक पदमपुर पर्यटन, साँस्कृतिक तथा व्यापारिक महोत्सव भएको छ । २३ मंसिरदेखि शुरू भएको महोत्सव ४ पुससम्म चल्नेछ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  २ : ३० बजे

रवि लामिछाने पक्राउको विरोध गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ

नेपालले अमेरिकाविरुद्धको दोस्रो टी-२० खेल भोलि बिहान खेल्दै

काठमाडौं– नेपालले भोलि बिहान अमेरिकाविरुद्धको टी-२० सिरिजको दोस्रो खेल खेल्दै

पुनहिल–घोडेपानीमा पर्यटक बढ्दै 

घोडेपानी – अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पुनहिल–घोडेपानीमा छ महिनामा ११

इजरायली प्रधानमन्त्रीको निवासमा हिजबुल्लाहद्वारा रकेट प्रहार 

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवास नजिकै लेबनानको हिजबुल्लाहले

जग्गादातालाई प्रहरीको सम्मान

चैनपुर– अस्थायी प्रहरी पोष्ट झोता र  छान्ना पाटादेवलका लागि निःशुल्क