उर्जामन्त्री भुसालद्वारा क्षत्रपाटी निःशुल्क चिकित्सालयको अक्सिजन प्लान्ट उद्घाटन | Khabarhub Khabarhub

उर्जामन्त्री भुसालद्वारा क्षत्रपाटी निःशुल्क चिकित्सालयको अक्सिजन प्लान्ट उद्घाटन


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले काठमाडौँ- १७ मा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन गरेकी छिन् ।

दया फाउण्डेशन, अमेरिकामा रहेको नेपालीहरुको संस्था युनाईटेड नेवा, आईओएनलगायतका दर्जनभन्दा बढी  संस्था तथा व्यक्तिको सहयोगमा मध्य काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको दैनिक एक सय सिलिण्डर क्षमताको अक्सिजन प्लान्टको आज औपचारिक उ्दघाटन गरिएको हो ।

क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा.मनोजमान श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा मन्त्री भुसालले एक करोड ४५ लाख लागतमा निर्मित अक्सिजन प्लान्टको उद्घाटन गर्दै बढ्दो कोरोना महामारीविरुद्धमा लड्न थप मद्दत मिल्ने विश्वास व्यक्त गरिन् ।

मन्त्री भुसालले नयाँ नयाँ भाइरसको प्रभाव विश्वका अन्यत्र बढिरहेको सन्दर्भमा नेपालमा पूर्वतयारी आवश्यक रहेको बताउँदै उक्त अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले जनताको जीवन रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताईन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडां १७ का अध्यक्ष नवीन मानन्धरले अस्पतालले २०७२ सालको भूकम्प र हालको कोडिभ महामारीमा उल्लेख्य भूमिका खेलेको बताउँदै सरकारले पूर्वाधार विकासमा ध्यान दिन नसकेको बताए ।

कार्यक्रममा क्षत्रपाटी निःशुल्क चिकित्सालयका उपाध्यक्ष कुमारदेव मानन्धरले दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन हुने, स्वचालित पाइपमार्फत सिधैं अस्पतालको बेडहरुमा पुग्ने अक्सिजन प्लान्ट निर्माण सम्पन्न भएको जानकारी दिँदै छिट्टै उक्त प्लान्टबाट अक्सिजन सिलिण्डरमा भर्ने व्यवस्था हुने बताए ।

अस्पतालका अनुसार अक्सिजन प्लान्ट स्थापनाका लागि युनाईटेड नेवाः नामक संस्थाले १५ लाख, आईओएनले २० लाख, नेपाल परिवार जर्मनले पाँच लाख, एनआरटी क्लवले पाँच लाख, ढल्को परिवारले तीन लाख, हातेमालो बनस्थलीले पाँच लाख रुपैयाँ सहयोग गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ३ : ३० बजे

भारतीय राष्ट्रवादी कांग्रेस नेता बाबा सिद्दिकीको हत्या

काठमाडौं– भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या

स्याङ्जाका एघार अतिरिक्त हुलाक खारेज

स्याङ्जा– स्याङ्जाका ११ अतिरिक्त हुलाक कार्यालयहरू खारेज भएका छन् ।

भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउ

सुर्खेत– कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दशैँमा राम्रो

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

बाँके– घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज विसर्जन

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र