प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक « Khabarhub

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले जनायो । बैठकमा सबै दलका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।

संसदमा प्रमुख प्रतिपक्षी दल नेकपाा एमालेले लगातार अवरोध गरिरहेको र सरकारले एमसीसी सम्झौता संसदमा लैजाने तयारी गरिरहेका बेला प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । एमसीसीमा सर्वदलीय समर्थन जुटाउने प्रधानमन्त्रीको पहलअनुसार सर्वदलीय बैठक बोलाइएको हो ।

उता एमाले विभाजनमा सभामुख अग्नि सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद अवरोध जारी राखेपछि सरकारलाई विधेयकहरु पारित गराउन समस्या भएको छ । त्यसैले प्रधानमन्त्री देउवाले सर्वदलीय बैठकबाटै यी विषयलाई टुंगो लगाउने तयारी गरेका छन् ।

सर्वदलीय बैठक बोलाउनुअघि प्रधानमन्त्री देउवाले सत्ता साझेदार दलका प्रमुखहरुसँग छलफल गरेका थिए । शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए । सो छलफलम सर्वदलीय बैठक बोलाउनेबारे कुरा भएको थियो ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ४ : ५६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।