कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते हुने « Khabarhub

कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते हुने


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अगामी पुस ६ र ७ गते हुने भएको छ ।

महाविधेशनअघि नै प्रदेश अधिवेशनको उद्घटान भए पनि सर्लाहीसहितका जिल्लामा विवाद समाधान नहुँदा कांग्रेसको प्रदेश २ को अधिवेशन अझै हुन सकेको छैन । विवाद हुँदा पार्टी केन्द्रीय महाधिवेशनमा असर नपरोस भनेर स्थगित गरिएको प्रदेश अधिवेशन अब यही पुस ६ र ७ गते हुने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते गर्ने निर्णय गरेको छ । निर्वाचन समिति सदस्य अरुणकुमार यादवका अनुसार महाधिवेशन सम्पन्न पश्चात पुस ६ र ७ गते प्रदेश अधिवेशन हुने निर्णय भएको हो ।

यता, प्रदेश अधिवेशनको मिति पुनः तोकिएपछि प्रदेशमा कांग्रेस नेताहरूको चहलपहल बढेको छ । प्रदेश सभापतिका लागि देउवा समूहबाट रौतहटका जिल्ला सभापति कृष्ण यादव, विमलेन्द्र निधि समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, स्वतन्त्र उम्मेदवारको रूपमा रञ्जित कर्णले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका थिए ।

पार्टीको महाधिवेशनअघि प्रदेशमा कृष्णा यादव र रामसरोज यादव बलियो उम्मेदवारको रूपमा देखिए पनि महाधिवेशन पश्चात समिकरण फेरिएको शेखर कोइराला समूहले पनि उम्मेदवारी दिन सक्ने कांग्रेसका नेताहरूको भनाइ छ । न्युजकारखाना

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ६ : ५५ बजे

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले