आश्रित परिवारले पेन्सन पाउन थालेपछि सामाजिक सुरक्षाप्रति आकर्षण बढ्यो « Khabarhub

आश्रित परिवारले पेन्सन पाउन थालेपछि सामाजिक सुरक्षाप्रति आकर्षण बढ्यो


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सामाजिक सुरक्षा कोषप्रति आकर्षण र विश्वसनियता बढेको बताएका छन् ।

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ–नेपाल आबद्ध परिषद्ले शनिबार आयोजना गरेको सामाजिक सुरक्षाको वर्तमान अवस्था : आगामी कार्यदिशा विषयक अन्तरक्रियामा उनले कोषमा आबद्ध भएकाहरुका आश्रित परिवारले पेन्सन पाउन थालेपछि यसप्रति आकर्षण र विश्वसनियता पनि बढेको बताए ।

सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न यस्तै प्रकृतिका अन्य निकायसमेत हुँदा कतिपयलाई अन्योल रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले कोषले प्रदान गर्ने सुविधा अन्यत्रबाट प्राप्त गर्न कठिन रहेको बताउनुभयो ।

सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा असक्त सुरक्षा योजना, आश्रित परिवारको सुरक्षा र वृद्धावस्था सुरक्षा सुविधा उपलब्ध गराउँदै आएको छ । मन्त्री श्रेष्ठले कोषको दायरा विस्तार हुँदै जाँदा सबै क्षेत्रका श्रमिक आबद्ध हुने विश्वास व्यक्त गर्नुभयो । अहिले औपचारिक क्षेत्रका श्रमिकमात्र कोषमा आबद्ध हुँदै आएका छन् । सरकारले अनौपचारिक क्षेत्र, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका व्यक्तिलाई पनि कोषको दायरमा ल्याउने तयारी गरेको छ ।

आगामी दिनमा कोषबाट प्रदान गरिने सुविधा वृद्धि हुँदै जाने विश्वास दिलाउँदै उहाँले सामाजिक सुरक्षाका मूल्य मान्यता एवं सिद्धान्त, अन्तर्राष्ट्रिय अनुभव र अभ्यास एवं मुलुकको आर्थिक एवं सामाजिक परिवेशलाई दृष्टिगत गरी यसलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो ।

विसं २०७५ मङ्सिर ११ मा सामाजिक सुरक्षा योजना शुभारम्भ भएको थियो । हालसम्म कोषमा १६ हजार रोजगारदाता र तीन लाख श्रमिक आबद्ध भएका छन् । कोषले १२६ योगदानकर्ताका आश्रित परिवारलाई पेन्सन दिन थालेको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १० : २४ बजे

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन

कास्की– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि

मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात  बढ्यो

झापा– नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार

सङ्कटापन्न घडियालको प्राकृतिक वासस्थानमा जोगाउनै मुस्किल

नारायणगढ– गत पुस ३ गते चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौराहा सेक्टर,

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

ललितपुर – सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र

रसुवामा ३६ मतस्थल ५७ मतदान केन्द्र कायम

रसुवा – आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यका