एन्फा साधारणसभा चल्दैछ, बाहिर पर्चा फालिँदैछ ! « Khabarhub

एन्फा साधारणसभा चल्दैछ, बाहिर पर्चा फालिँदैछ !


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल फूटबल संघ(एन्फा) को साधारणसभा सुरू भइरहँदा भक्तपुर जिल्ला फूटबल संघ आन्दोलन गरिरहेको छ।

मंगलबार ललितपुरको एक होटलमा साधारणसभा सुरू भइरहँदा सभाहलमा पत्र छाडिएको थियो। जसमा लेखिएको छ,`एन्फाको साधारणसभामा सहभागी सम्बन्धमा´।

उक्त पत्र एन्फाको कार्यसमितिबाट बर्खास्त गरिएको जिल्ला फूटबल संघका अध्यक्ष गौतम सुजखुले हस्ताक्षर गरेका छन्।

उनले १९ औँ साधारणसभामा एन्फाले जिल्ला संघलाई आमन्त्रण नदिएको भन्दै आक्रोश पोखेका छन्। एन्फाले उनको नेतृत्वको कार्यसमितिलाई बर्खास्त गरेपछि बनाएको तदर्थ समिति गठनमा एन्फा विधानले नदिँदा जारी साधारणसभामा तत्कालीन जिल्ला कमिटीले सहभागी हुन पाउनुपर्ने माग राखेका छन्।

सुजखुको नेतृत्वको टिमलाई एन्फाले विघटन गरेपछि एन्फाले तदर्थ समिति बनाएको थियो। तर, त्यसले पनि पूर्णता पाउन सकेको छैन। यसैबीच सुजखु नेतृत्वले जिल्ला अदालत भक्तपुरमा एन्फाको निर्णयविरुद्व उजुरी दिएको छ। जसको सुनुवाइ भएको छैन।

मुद्दा अदालतमा विचाराधीन रहँदा आफ्नो नेतृत्वको जिल्ला समितिले साधारणसभामा सहभागी हुन पाउनु पर्ने भन्दै सभाहलमा पर्चा फालिएका थिए ।

 

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  २ : ५९ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।