भिभोको वाई ५१ स्मार्टफोन बजारमा, मूल्य ३३ हजार ४९९ सय « Khabarhub

भिभोको वाई ५१ स्मार्टफोन बजारमा, मूल्य ३३ हजार ४९९ सय


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्मार्टफोन ब्रान्ड भिभोले नयाँ स्मार्टफोन भिभो वाई ५१ नेपाली बजारमा उपलब्ध गराएको छ ।

युवापुस्तालाई लक्षित गरिएको वाई सिरिजको उक्त नयाँ स्मार्टफोनमा विभिन्न एपहरुको सहज प्रयोगको लागि ८ जीबीको र्‍याम रहेको छ । एआई ट्रिपल क्यामेरा सेटअप रहेको नयाँ वाई ५१ मा ४८ मेगापिक्सेल रियर क्यामेरालगायतको विशेषता रहेको कम्पनीले जनाएको छ ।

भिभो वाई ५१ मा ५ हजार एम्पीएरको ब्याट्रीको साथमा १८ डब्लू फास्ट चार्जर प्रविधि रहेको जनाइएको छ ।

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत मार्स भन्छन्, ‘‘प्रत्येक नयाँ फोन भित्र्याएसँगै भिभोले शक्तिशाली मेमोरी, बलियो प्रोसेसर, दीर्घायु ब्याट्री र उत्कृष्ट क्यामेरा भएका आकर्षक डिजाइका अभिनव स्मार्टफोनहरु विभिन्न मूल्य दायराहरुमा ल्याइरहेको छ । वाई ५१ को साथमा नेपाली युवाको सार र सबै विशेषता रहेको स्मार्टफोनको प्रगतिशील आवश्यकता समेट्दै वाई सिरिजलाई बढाउँदै छौँ ।’’

यो स्मार्टफोनको स्थानीय बजार मूल्य ३३ हजार ४९९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ३ : ३० बजे

बैतडीमा ४०७ जनाले हातहतियार बुझाए

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई

रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश

रोल्पा – रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ३५

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना

काठमाडौं– बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा यही फागुन २१ गतेका

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि