एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा ‘माया’ | Khabarhub Khabarhub

एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा ‘माया’


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले आफ्नो डिजिटल ट्रान्सर्फमेसन योजना अनुरुप आफ्ना ग्राहकका लागि च्याटबोट सेवा ‘माया’ सुरू गरेको छ।

यो च्याट सेवाको डिजिटल प्लेटफर्म मार्फत ग्राहकले एनसेलको सेवा तथा सुविधाहरुका बारेमा जानकारी सजिलै लिन सक्छन् ।

च्याटबोट सेवा ‘माया’ एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो ।

यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने कम्पनीले जनाएको छ। । यो सेवा एनसेलको आधिकारिक फेसबुक मेसेन्जर, भाइबर, ह्वाटसएप र वेबसाइटमा उपलब्ध छ जसअन्तर्गत एनसेलका ग्राहकले च्याटबोट मार्फत एनसेलको सेवा लिन, आफ्ना प्रश्न वा गुनासोहरु राख्न सक्छन्।

यस प्लेटफर्म मार्फत ग्राहकले भ्वाइस तथा डेटा प्याक खरिद गर्न, भिसा तथा मास्टरकार्डबाट रिचार्ज गर्न, एनसेलको सेवा तथा सुविधाको बारेमा कुनै जिज्ञासा राख्न, ब्यालेन्स चेक गर्न, अफरहरुको बारेमा जानकारी लिन तथा कुनै गुनासो भए राख्न सक्छन्।

यस नवीन डिजिटल सेवाले ग्राहक सेवालाई थप परिस्कृत गर्न मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।

आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत एनसेलले आगामी दिनमा ग्राहकको बढ्दो मागलाई ध्यानमा राख्दै थप नयाँ तथा नविन सेवाहरु ल्याउँदै जाने जानकारी दिएको छ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ११ : ४० बजे

बैंककमा सडक भासिँदा यातायात अवरुद्ध

एजेन्सी– बुधबार बैंककको सडकको एक भाग भासिँदा ठूलो खाडल बनेपछि

तातोपानी नाकाबाट भित्रिए सय कन्टेनर, रसुवागढीमा बेलिब्रिज हाल्ने तयारी 

काठमाडौं – तातोपानी नाका जोड्ने अरनिको राजमार्ग सञ्चालनमा आएपछि चीनतर्फ

साल्ट ट्रेडिङ कर्पोरेसन झापामा २२८ मेट्रिक टन रासायनिक मल मौज्दात

झापा– साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड झापा कार्यालयले चालु आर्थिक वर्ष

शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

कञ्चनपुर– जेन-जी प्रदर्शनका क्रममा शुक्लाफाँटा नगरपालिकाले पनि आर्थिक क्षति बेहोर्नुपरेको

अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा

दमौली– यहाँको घिरिङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य बिमा