सेयर बजारमा ५ अंकको गिरावट | Khabarhub Khabarhub

सेयर बजारमा ५ अंकको गिरावट


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो र दोस्रो दिनमा लगातार वृद्धि भएको शेयर बजारमा आज सामान्य गिरावट आएको छ ।

लगातार बढेर सोमबार २३ सय ३२ विन्दुमा विन्दुमा पुगेको नेप्से आज पाँच दशमलव ५७ अङ्कले घटेर २३ सय २६ दशमलव ९० विन्दुमा झरेको छ ।

आज कुल २ सय ६ कम्पनीको शेयर कारोबार भएको छ । आज ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८ सय ४८ रुपैयाँमा १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता शेयर खरिदबिक्री भएको जनाइएको छ ।

आज व्यापार, वित्त र जीवन बीमाको शेयर बाहेक अन्य सबै परिसूचक ओरालो लागेका छन् । आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ९१ करोड ९७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

मंगलबारको कारोबारपछि कुल बजार पूँजीकरण ३१ खर्ब ३४ अर्ब पुगेको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ५ : ०८ बजे

ओली भन्छन् : उपनिर्वाचनमा एमालेको जित मिसन ०८४ को सुरुवात हो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गतेको

उपेन्द्र र माधव कांग्रेससँग मिलेर सरकार ढाल्ने योजनामा थिए : अशोक राई (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) आइतबारदेखि विभाजन

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र चट्याङसहितको

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो

काठमाडौं– नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ ।

नेप्से १५.६२ अंकले घट्यो, कारोबारमा पनि गिरावट

काठमाडौं– आज सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) १५.६२ अंकले घटेको