सुनसरीमा माइक्रो र मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु, १० घाइते | Khabarhub Khabarhub

सुनसरीमा माइक्रो र मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु, १० घाइते


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनसरीको दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा आज माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा–३ का ४४ वर्षीय बिर्ख मण्डल, माइक्रोका सहचालक सप्तरी राजविराज–१ का २२ वर्षीय शङ्कर यादव र एक जना महिलाको सनाखत हुन बाँकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

दुर्घटनामा मोरङ विराटनगर–१४ का ५२ वर्षीय जयनारायण यादव, सप्तरी मान्सापुर नगरपालिकाका ६० वर्षीय इन्द्रकलादेवी सिंह, राजविराज–७ का १४ वर्षीय नीरज यादव, इनरुवा–८ का ५२ वर्षीय चन्द्र मेहता, राजविराज–७ का ३८ वर्षीय सुरेश मण्डल, भोक्राहानसिंङ–३ का १९ वर्षीय प्रशान्त यादव, बराहक्षेत्र–१० का २३ वर्षीय भरत यादव, इनरुवा–८ का ५२ वर्षीया शान्ति मेहता, इनरुवा–३ का ३० वर्षीय मनोज अधिकारी र २२ वर्षीया प्रशंसा सुवेदी रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

दुहबीबाट इनरुवातर्फ आउँदै गरेको प्र १–०२–००१ ज ३८६८ नम्वरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको को ३४ प ४६९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

ठक्कर दिने दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ भने माइक्रो चालक फरार भएकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ६ : ५२ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास