साग सम्पन्न भएको एक वर्षपछि सबै समिति विघटन « Khabarhub

साग सम्पन्न भएको एक वर्षपछि सबै समिति विघटन


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) लागि गठित विभिन्न समितिहरु विघटन गरिएको छ ।

आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दावा तामाङको अध्यक्षतामा सोमबार बसेको बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको हो ।

१३ औं साग– २०१९ आयोजना तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ को परिच्छेद– ३ को दफा १०, ११, १२, १४, १५ र १६ अनुसार गठित आयोजक समिति, कार्यकारी समिति, विषयगत समितिहरु, स्थानिय सहजीकरण समिति, उपसमिति, कार्यदल र १३ औं साग कार्यकारी समितिको सचिवालय माघ ५ गतेदेखि विघटन गर्ने निर्णय गरिएको हो ।

बैठकले १३ औं सागको सफलताका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, नेपाल सरकार मन्त्रिपरिषद्, युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, पर्यटन मन्त्रालय, वन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय सरकार वाग्मती प्रदेश, गण्डकी प्रदेश र २ नं. प्रदेश, काठमाडौं, पोखरा र ललितपुर महानगरपालिका, जनकपुर उपमहानगरपालिका, विभिन्न संघ संस्था, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, प्रायोजकहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न समितिहरु, कार्यकारी समिति, विषयगत समितिहरु, स्थानीय सहजीकरण समिति, उपसमिति, कार्यदल, राष्ट्रिय संघहरु, खेलाडीहरु, कर्मचारीहरु, पत्रकारहरु, दर्शकहरु र प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने सबैमा १३ औं दक्षिण एशियाली खेलकुद आयोजक समितिका तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्दै धन्यवाद दिने निर्णय पनि गरेको छ ।

२६ खेल समावेश १३ औं साग २०७६ साल मंसिर १५ देखि २४ गतेसम्म भएको थियो । ऐतिहासिक सफलता हात पार्ने क्रममा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य गरी २ सय ७ पदक जितेको थियो ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ८ : ४७ बजे

प्रधान सेनापति सिग्देल चीनतिर, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न