लुम्बिनीको जीतमा अनिलले लिए ४ विकेट « Khabarhub

लुम्बिनीको जीतमा अनिलले लिए ४ विकेट


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश सुखद् सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदनमा भएको खेलमा लुम्बिनीले ७७ रनको जीत हात पारेको हो।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले प्रदेश २ सामु २ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

तर, उक्त लक्ष्य पछ्याएको प्रदेश २ ले ४२.४ ओभरमा सबै विकेट गुमाएर १सय८० रन मात्रै बनाउन सक्यो।

आफ्नो पहिलो खेलमा पराजित भएको प्रदेश २ का लागि विवेक यादवले अर्धशतकिय इनिङ्स खेले। उनले ४८ बलमा ३ छक्का र ३ चौकाको मद्दतले ५१ रन बनाए। यस्तै प्रदेश २ का लागि सुधिर चौधरीले ४२ रन, महेबुब आलमले ३१ रन, हरिशंकर शाहले २२ रन बनाए ।

प्रदेश २ विरुद्व अनिल खरेलले उत्कृष्ट बलिङ गरे। जसमा उनले १० ओभरमा २ मेडन ओभरसहित २४ रन खर्चेर ४ विकेट लिएका हुन्। यस्तै, विक्रम भुषाल र दिपेन्द्र रावतले समान २/२ विकेट लिए भने कृष्ण कार्की र अमित तामाङले १/१ विकेट लिए।

यसअघि पहिलो ब्याटिङ गरेको लुम्बिनीका लागि सन्दीप रजालीले र सौरभ खनालले अर्धशतकीय इनिङ्स खेले । सन्दीपले ८३ रनको योगदान दिदा सौरभले ५६ रन बनाएका थिए ।

यस्तै बिक्रम भुसालले ३६ रन बनाएका थिए । सन्दीप सुनार ११ रनमा आउट हुँदा कप्तान कृष्ण कार्कीले १० रन जोडेका थिए ।

प्रदेश-२ का हरिशंकर साहले ३ विकेट लिए । त्यस्तै दिब्यान्सु मल्लिकले २ विकेट लिएका थिए । समूह बी मा रहेको लुम्बिनीले २ अंक जोडेको छ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ९ : २४ बजे

प्रधानमन्त्री वालेनको सम्बोधनबिनै अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली