आज प्रजातन्त्र दिवस, स्वतन्त्रताका लागि भएको संघर्ष स्मरण गरिँदै « Khabarhub

आज प्रजातन्त्र दिवस, स्वतन्त्रताका लागि भएको संघर्ष स्मरण गरिँदै


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- १०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७१औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा जीवन आहुति दिएका थिए ।

नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रूपमा यो दिवस मनाउँदै आएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आज सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ ।

दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विभिन्न राजनीतिक दलका नेताहरुले प्रजातन्त्र दिवसको शुभकामना सन्देश जारी गरेका छन् ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ ।

तर, प्रजातन्त्र प्राप्तिको ७० वर्ष पूरा भएर ७१ वर्ष लाग्दा पनि राजनीतिक दलहरूबीच प्रजातन्त्रको सैद्धान्तिक विषयमै भएको विवादले जनता निराश छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि बहुमत राजनीतिक दलहरू प्रजातन्त्र माथिको प्रहार भन्दै सडक संघर्षमा पनि छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ७ : १५ बजे

निर्वाचनपछि नेपालका कम्युनिष्टको भूमिकाबारे गम्भीर प्रश्न उठ्यो : नेकपा मसाल

काठमाडौं– नेकपा मसालले प्रतिनिधिसभाको निर्वाचनपछि नेपालका कम्युनिष्टहरुको भूमिकाबारे गम्भीर प्रश्न

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ विजयी

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले

शक्तिशाली सरकारको क्याबिनेट : रवि-बालेन भागबन्डा, एकअर्कालाई ‘क्रस चेक’ गर्दै दुवै समूह

काठमाडौं- फागुन २१ को निर्वाचनमा अभूतपूर्व सफलता हात पारेको राष्ट्रिय

बाबुको व्यभिचार खेपेकी चेलीको चित्कार– मरेर बाँचिरहेकी छु, अपराधी खुलेआम हिँडिरहेका छन्

काठमाडौं- ‘इनसाइड दि बंकर’ कार्यक्रममार्फत पीडितहरुले एकै आवाजमा बलात्कारीलाई फाँसीको

निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा

काठमाडौं – नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटी शीर्ष