नासाको अन्तरिक्ष यान पर्सिभियरन्सको मंगल ग्रहमा सफल अवतरण « Khabarhub

नासाको अन्तरिक्ष यान पर्सिभियरन्सको मंगल ग्रहमा सफल अवतरण


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी पर्सिभियरन्स अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण गरेको छ ।

यो यान पृथ्वीबाट उडेको करीब सात महिनामा मंगल ग्रहमा अवतरण गर्न सफल भएको हो ।

नेपाली समयअनुसार शुक्रवार बिहान २ बजेर ४० मिनेटमा पर्सिभियरन्स रोभरले मंगल ग्रहमा अवतरण गरेको हो ।

यो परियोजना नासाको एक महत्वकांक्षी परियोजना हो । सफल अवतरण भएपछि नासाका अन्तरिक्ष निकायका वैज्ञानिकहरुले खुशी मनाएका थिए ।

रोभरले त्यहाँ पुगेर तस्वीर पनि पठाइसकेको छ । अब उक्त रोभरले आफ्नो ब्याट्री चार्च गर्नेछ र पुन आफ्नो काम थाल्नेछ । नासाका अनुसार उक्त रोभर कारजत्रो भएको र त्यसमा जीवावशेष अध्ययन गर्न आवश्यक पर्ने वैज्ञानिक उपकरण जोडिएको छ ।

उक्त यान सात महिनामा ४७ करोड किलोमिटर यात्रा पार गरेर मंगल ग्रहमा पुगेको हो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ७ : ४७ बजे

टाउकोको छालाबाट किन दुर्गन्ध आउँछ ? 

काठमाडौं– जब कपालबाट नराम्रो गन्ध आउँछ, तब हामी त्यसलाई धुन्छौँ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा

काठमाडौं– नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा

हिमालयन लाइफको सीईओ नियुक्ति रोक्न सर्वोच्चको आदेश

काठमाडौं–सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै