माउन्ट केटुको आरोहरणमा गएका तीन जनाको मृत्यु « Khabarhub

माउन्ट केटुको आरोहरणमा गएका तीन जनाको मृत्यु


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वको दोस्रो अग्लो हिमाल केटूको आरोहणमा गएका तीन जना आरोहीको मृत्यु भएको पाकिस्तान सरकारले जनाएको छ ।

यसै महिनाको अन्तिमतिर केटुको आरोहणमा गएका पाकिस्तानी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन स्नोरी र चिलीका जुहाल पाब्लो मोहर अझै बेपत्ता रहेकाले उनीहरूलाई पाकिस्तानले मृत घोषणा गरेको हो ।

पाकिस्तानी मौसम विभागका अधिकारीहरूले खराब मौसम र लगातार हिमपात भइरहेका कारण सम्पर्कविहीन भएकाहरूको खोजी गर्न समस्या परेको बताएको अनर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

ती नागरिक यही फेब्रुअरी ५ मा सम्पर्कविहिन भएका थिए । केटू हिमाललाई संसारकै सबैभन्दा खतरनाक मानिन्छ ।

हराइरहेका आरोही केटूको चुचुरोमा पुगेर फर्किने क्रममा दुर्घटनामा परेको हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

यसअघि सन् २००८ मा पनि केटु हिमाल आरोहणका क्रममा एकै दिन ११ जना आरोहीले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १० : ०५ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर