श्रमिक उद्धार कोषमा कुनै अनियमितता भएको छैन : एनआरएनए प्रवक्ता क्षेत्री | Khabarhub Khabarhub

श्रमिक उद्धार कोषमा कुनै अनियमितता भएको छैन : एनआरएनए प्रवक्ता क्षेत्री


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अलपत्र परेका नेपाली श्रमिकहरुको कोषमा अनियमितता गरिएको भन्ने आरोपमा कुनै सत्यता नभएको बताएको छ ।

संघका केन्द्रीय प्रवक्ता डिबी क्षेत्रीले एक प्रेस विज्ञप्ति जारी गर्दै श्रमिक उद्धार कोषमा भएको सम्पूर्ण खर्च विवरण पारदर्शी तरिकाले राखिएको समेत बताएका छन् ।

कोभिड–१९ को महामारीपछि एनआरएनएले उद्धार र सहयोगको काम जारी राखेको छ । विश्वका ५० भन्दा बढी देशमा रहेका नेपालीहरुलाई प्रत्यक्ष रुपमा सहयोग गर्दै आएको छ ।

संघले विदेशमा रहेका नेपालीहरुको सहयोगार्थ संयुक्त राष्ट्र संघका निकायसम्म आफ्नो आवाजलाई बुलन्द गरेको थियो ।

सोही आवाजको कदर गर्दै मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरुको उद्धारको लागि संघले सक्रिय रुपमा काम गर्दै आएको छ । कोरोना महामारीको चुनौतीबीच संघका सबै संयन्त्रहरु परिचालित गरिएका छन् ।

सोको जानकारी संघका पदाधिकारीहरुलाई बेलाबेलामा दिइएको प्रवक्ता क्षेत्रीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

श्रमिकहरुको उद्धारका विषयमा बिभिन्न व्यक्तिहरुबाट सामाजिक संजालमा आएका विभिन्न खाले कुरा प्रति संघको ध्यानाकर्षण भएको छ ।

राहत तथा उद्धारको लागि भएका खर्चहरु पारदर्शी होस भनेर सचिवालयमा छुट्टै संयन्त्र राखिएको छ र जसको सुपरिवेक्षण गर्नका लागि अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको निर्णय अनुसार सचिव आरके शर्मा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठ र महिला संयोजक भोमा देवी लिम्बु भएको ३ जनाको समिति गठन गरिएको छ ।

उक्त समितिले प्रत्येक राष्ट्रिय समन्वय परिषदमा एक उपसमिति मार्फत अनुगमनको तयारी गरेको छ । साथै संघले यस कार्यक्रमको समग्र रुपमा स्वतन्त्र लेखापरीक्षण गराउने कार्यका लागि प्रक्रिया समेत अगाडि बढाइसकेको जनाएको छ ।

विदेशमा रहेका नेपालीहरुको राहत तथा उद्धार प्रक्रिया अझै जारी रहेकाले सम्पूर्ण आर्थिक विवरणहरुको अभिलेख राख्ने क्रम जारी रहेको बेलामा आएका विभिन्न खाले टीकाटिप्पणीहरु प्रति संघ संवेदनशील रहेको उल्लेख गरिएको छ ।

राहत तथा उद्धारका क्रममा कुनै कमीकमजोरी भेटिएको र आर्थिक हिनामिनामा कुनै व्यक्ति संलग्न भएको देखिएमा कानून बमोजिम कारवाहीको प्रकृया अघि बढाइने संघले जनाएको छ ।

के के गर्‍यो संघले
हालसम्म मध्यपूर्वका विभिन्न देशबाट १६५ जनाले हवाई टिकट सेवा, २४५ जनालाई पिसिआर सेवा, ४५३ जनालाई विभिन्न प्रकारका कानुनी परामर्श सेवा, २७१३ जनालाई गन्तव्य मुलुकहरुमा खाना तथा बासको व्यवस्था, २४९ जनालाई पुनःरोजगारीमा फर्काउनका लागि आवश्यक सहयोग एवं समन्वय, ३४७९ जनालाई दुतावाससँग सम्बन्धित विभिन्न प्रकारका कागजी प्रक्रिया तथा अन्य आवश्यक कुराहरुमा समन्वयात्मक सहयोग पुर्‍याईएको छ ।

साथै नेपालमा आईसकेपछि समेत अति आवश्यक भएका नेपाली श्रमिकहरु ९५७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आआफ्नो घरसम्म जानका लागि यातायात खर्चसमेत सहयोग प्रदान गरिएको छ र प्रदेश १, २ र ७ का विभिन्न १४ वटा स्वास्थ्य संस्थाहरुका कोरोना क्वारेन्टिन सेन्टरहरुका लागि विभिन्न प्रकारका मेडिकल सामग्रीहरु समेत प्रदान गरिएको छ ।

साथै दातृसंस्थाको सहकार्यमा मलेसियाका जेलमा रहेका १७ जना र अन्य एक जना गरी १८ जना नेपाली कामदारहरुलाई नेपाल फर्काउन सकिएको छ । ती १८ जना व्यक्तिहरु ज्यादै समस्यामा रहेका र धेरै वर्षदेखि मलेसियाका जेलमा समेत रहेको अवस्थामा एनआरएनएले सकुशल नेपाल फिर्ता गराएर परिवारको जिम्मा लगाएको जनाएको छ ।

केही दिन अघि मात्र मध्यपूर्वबाट स्वदेश फर्किएका नेपाली श्रमिकहरुको नाममा एनआरएनए उद्धार कोषमा व्यापक अनियमितताको भएको भन्दै संघ मध्यपूर्व संयोजक प्रवीन गुरुङले छानविनको माग गरेका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ११ : ३६ बजे

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

लमजुङ – सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको

सिरियामा इजरायली एयरस्ट्राइक : रक्षा मुख्यालयमा आक्रमण, टेलिभिजन लाइभमै देखियो बमबारी

दमास्कस – इजरायलले बुधबार सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका