अमेरिकामा सुतेकै अवस्थामा नेपाली विद्यार्थी भट्टराईको मृत्यु « Khabarhub

अमेरिकामा सुतेकै अवस्थामा नेपाली विद्यार्थी भट्टराईको मृत्यु


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टेक्सास– अमेरिकास्थित टेक्सासको ह्युष्टनमा बस्ने २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराई मृत फेला परेका छन् । उनी कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

सोमबार राति साथीसँग पार्टी गरेर सुत्न गएका भट्टराई मंगलबार बिहान मृत फेला परेका हुन् ।

पोस्टमार्टमको रिपोर्ट नआइसकेकाले उनको मृत्युको कारण खुल्न सकेको छैन । रिपोर्ट आएपछि उनको शव नेपाल पठाउने तयारी गरिएको छ ।

उनको दाहसंस्कारका लागि झापाली सोसाइटी टेक्सासका तर्फबाट आर्थिक संकलन अभियान शुरू गरिएको छ ।

५ वर्षअघि अमेरिका गएका झापा बुधबारेका भट्टराई कम्प्युटर साइन्सका विद्यार्थी थिए । उनी अध्ययनसँगै काम पनि गरिरहेका थिए । टेक्सासमा नेपाली विद्यार्थीहरुको बाक्लो बसोबास छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  २ : ३१ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग