अब चितवनमा पनि ट्राफिक जरिवाना ग्लोबल आइएमई बैंकबाट भुक्तानी गर्न सकिने « Khabarhub

अब चितवनमा पनि ट्राफिक जरिवाना ग्लोबल आइएमई बैंकबाट भुक्तानी गर्न सकिने


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– अब चितवनमा पनि ट्राफिक जरिबाना बापत बुझाउनुपर्ने रकम ग्लोबल आइएमई बैंक मार्फत भुक्तानी गर्न सकिने भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको आपसी समझदारी अनुरुप चितवन जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनुपर्ने जरिबाना रकम बैंकका जुनसुकै शाखा कार्यालयबाट बुझाउन सकिनेछ ।

चितवनमा आयोजित एक विशेष कार्यक्रमबीच प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले उक्त सेवाको शुभारम्भ गरेका हुन्। ग्राहकवर्गको सेवा तथा सुविधालाई मध्यनजर गर्दै बैंकले समयसमयमा यस किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

बैंकका नारायणगढ शाखाका प्रबन्धक नारायण प्रसाद पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा बैंकले आम जनमानसमा सरल सेवा प्रदान गर्ने कुरा व्यक्त गरे ।

बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, ४७ राजश्व संकलन एवम् एक्सटेन्सन काउन्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ४ : ४३ बजे

इरानी सर्वोच्च नेता खामेनी मारिए, इरानमा सातदिने सार्वजनिक बिदा र ४० दिने शोकको घोषणा

तेहरान– इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायली र अमेरिकी

सार्वजनिक स्थानमा होली नखेल्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले होली पर्वका अवसरमा अमर्यादित, उच्छृङ्खल,

इरानले बन्द गरिदियो होर्मुज स्ट्रेट जलमार्ग

तेहरान – इरानले विश्वमा तेल आपूर्तिको प्रमुख जलमार्गमध्ये एक होर्मुज

इरानी नेता खामेनेईका छोरी, ज्वाइँ र नाति मारिए

तेहरान– इजरायली र अमेरिकी आक्रमणका क्रममा इरानी सर्वोच्च नेता आयतोल्लाह

विश्वकप सुपर-८: प्रतिष्ठाको लडाइँमा आज भारत र वेस्ट इन्डिज, जिते सेमिफाइनल, हारे आउट

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत आइतबार दुई खेल