चन्द्रविनायक पार्क व्यवस्थापन समाज चाबहिलमा बङ्गलादेश बैंकको क्यूआर कोड भुक्तानी सेवा शुरु « Khabarhub

चन्द्रविनायक पार्क व्यवस्थापन समाज चाबहिलमा बङ्गलादेश बैंकको क्यूआर कोड भुक्तानी सेवा शुरु


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा डिजिटल भुक्तानीको शुरुवात भएसँगै यसलाई जनमानसमा नगदरहित क्यूआर कोडमार्फत हुने भुक्तानीलाई देशव्यापी अभियानको रुपमा विस्तार गर्ने नेपाल राष्ट्र बैंकको योजना रहेको छ ।

नगदरहित कारोबारलाई प्रवर्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैंकको चावहिल शाखा द्वारा काठमाडौं महानगरपालिका वडा नं. ७ स्थित चन्द्रविनायक पार्क व्यवस्थापन समाजमा रहेका तरकारी, फलफूल तथा कपडा पसलमा एफवान सफ्टसँगको सहकार्यमा क्यूआर कोडको माध्यमद्वारा गरिने भुक्तानीको शुरुआत गरिएको छ । नेपाल बङ्गलादेशले शुक्रबार एक समारोहका बिच सो कार्यको शुभारम्भ गरेको हो ।

उक्त सुभारम्भ कार्यक्रमको औपचारिक समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले सो एरियाका ब्यापारी बर्गलाई क्युआर कोड वितरण गरि गरेका थिए । सो अवसरमा डेपुटी गभर्नर सिवाकोटीले विभिन्न तरकारीहरु खरिद गरी क्यूआर कोडको माध्यमद्वारा भुक्तानी पनि गरेका थिए ।

साथै डेपुटी गभर्नर सिवाकोटीले डिजिटल प्रविधिको माध्यमबाट सुरक्षित तरिकाले नगद रहित कारोबार गर्दा हुने फाइदाको बारेमा जानकारी दिंदै बैंकले साना तथा महिला उद्यमीहरुलाई प्रदान गर्ने सहुलियतपूर्ण कर्जाको उपयोग गरी आफनो ब्यावसाय बिस्तार गर्न प्रोत्साहित पनि गरेका ग्थिये ।

उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैकले प्रदान गर्ने सेवा तथा सुविधाको बारेमा जानकारी गराएका थिए । बैंकले ग्राहक तथा ब्यापारी बर्गहरुको सुबिधालाई ध्यानमा राखी उक्त स्थानमा वर्ल्डलिंकसंगको सहकार्यमा निःशुल्क वाईफाई पनि जडान गरिदिएको जानकारी गराएको छ ।

हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  २ : ४५ बजे

चौध बुँदे घोषणापत्र जारी गर्दै ‘कोशी मिडिया समिट’ सम्पन्न

सुनसरी – यहाँको इटहरी उपमहानगरपालिकामा आज आयोजित ‘कोशी मिडिया समिट’

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

सुनसरी – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप