म्यानमारमा गोली लागेर एक प्रदर्शनकारी महिलाको मृत्यु « Khabarhub

म्यानमारमा गोली लागेर एक प्रदर्शनकारी महिलाको मृत्यु


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सैन्य ‘कू’ पछि म्यानमारमा भएको प्रदर्शनका क्रममा २० वर्षीया एक महिलाको मृत्यु भएको छ ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएकी उनी सैन्य कू को विरोधमा भएको प्रदर्शनमा मृत्यु हुने पहिलो प्रदर्शनकारी हुन् ।

म्ये थ्वी चैइङ नामकी उनी गत हप्ता प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएकी थिइन् । प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले वाटर क्यानन, रबरको गोली र वास्तविक गोली चलाउँदै आएको छ ।

अधिकारवादी समूहले उनीमाथि वास्तविक गोली लागेको बताएका छन् । आङ सान सूची नेतृत्वको पार्टीको सरकारलाई हटाएर म्यानमारमा सैन्य कू भएपछि त्यसको विरोधमा पछिल्लो समय दैनिक जसो प्रदर्शन हुँदै आएको छ ।

राजधानी नेपितस्थित अस्पतालले स्थानीय समयानुसार विहान ११ बजे ती महिलाको मृत्यु भएको पुष्टि गरेको हो । परिवारका अनुसार आइतबार उनको अन्तिम संस्कार गरिने छ ।

म्यानमारका सरकारी अधिकारीहरुले उक्त घटनाको अनुसन्धान हुने बताएका छन् । गत फेब्रुअरी ९ मा गोली लागेर घाइते भएकी उनलाई अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ५ : १९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको