दाहाल–नेपाल समूहद्वारा 'अबको परिस्थितिका लागि तयार रहन' पार्टी पङ्क्तिलाई निर्देशन | Khabarhub Khabarhub

दाहाल–नेपाल समूहद्वारा ‘अबको परिस्थितिका लागि तयार रहन’ पार्टी पङ्क्तिलाई निर्देशन


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले अब जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्न र तयारी अवस्थामा रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोग र अदालतबाट जस्तो पनि फैसला आउन सक्ने भन्दै परिस्थितिका आधारमा तयार रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएको हो ।

बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरूको नागरिकताको प्रतिलिपिसहित हस्ताक्षर समेत संकलन गरिएको छ । बैठकमा अध्यक्षद्वय दाहाल र नेपालले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले आफ्नो समूहले गर्दै आएको आन्दोलन अगाडि बढाउने विषयमा पनि छलफल भएको जनाए । त्यस्तै बैठकले पार्टीद्वारा घोषित चौथो चरणको संघर्षका कार्यक्रम सफल पार्न पनि निर्देशन दिएको उनले बताए ।

बैठकमा सांगठनिक एकीकरणको काम केही दिनभित्रै सक्ने विषयमा समेत छलफल भएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले राजनीतिक परिवर्तन जोगाउन नेकपा प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओली फाँसीवादी चरित्रअनुसार अगाडि बढेको आरोप लगाए । उनले प्रदेश नम्बर २ का प्रमुख परिवर्तन प्रधानमन्त्रीको दमनकारी नीति भएको टिप्पणी गरे ।

उनले निर्वाचन आयोगले नेकपाको आधिकारिकताबारे प्रस्ट्याउन ढिलाइ गरिरहेको भन्दै असन्तुष्टिसमेत पोखेका थिए ।

प्रतिनिधिसभा विघटनको विषय अदालतमा अन्तिम चरणमा पुगेको भन्ने खबर आएको र अब कसरी अघि बढ्ने भन्ने बारेमा बैठक केन्द्रित रहेको उनले बताए ।

निर्वाचन आयोगमा आवश्यक परे सशरीर उपस्थित हुनुपर्ने भएकाले केही दिन केन्द्रीय सदस्यहरूलाई उपत्यकाबाहिर नजान समेत भनिएको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ५ : २९ बजे

आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि, मैदानमै रोए विराट कोहली

काठमाडौं – रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) ले इन्डियन प्रिमियर लिग

नियमावली स्थगन निर्णयमा सेल्फ ड्राइभ तथा राइड सेयरिङ व्यवसायीको आपत्ति

पोखरा – गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ

आईपीएल फाइनल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ संस्करण फाइनलमा

ब्रम्होस क्षेप्यास्त्र सञ्चालन गर्ने फिलिपिन्सको तयारी अन्तिम चरणमा

काठमाडौं– फिलिपिन्सले भारतमा निर्मित ब्रम्होस क्षेप्यास्त्र सञ्चालन गर्ने तयारी अन्तिम

यातायात व्यवसायीले रोके आन्दोलन, गाडी चलाउने

काठमाडौँ – गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली स्थगन