प्रदेश-२ प्रमुख हटाइएकोमा काँग्रेसको आपत्ति « Khabarhub

प्रदेश-२ प्रमुख हटाइएकोमा काँग्रेसको आपत्ति


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई गरेको बर्खास्तको नेपाली काँग्रेसले भर्त्सना गरेको छ ।

काँग्रेसको तर्फबाट प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखको शुक्रबार गरिएको बर्खास्त र नयाँ नियुक्तिको विरोध र भर्त्सना गरेका हुन् ।

‘अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढङ्गले नियुक्ति गरेको थियो । आज फेरि त्यही प्रवृत्ति दोहोराएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरूपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ ‘ विज्ञप्तिमा उल्लेख छ ।

‘संसद् विघटनको असंवैधानिक कदम पश्चात् काम चलाऊ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै मिल्दैन र पाइन्न ।’ शर्माले भनेका छन् ।

सो कदमको विरोध जनाउँदै नेपाली काँग्रेसले स्वेच्छाचारी ढङ्गले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । तिलक परियार प्रचण्डको सिफारिसमा प्रदेश प्रमुख नियुक्त भएका थिए।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ५ : ५८ बजे

नारायणकाजीले गराए सर्लाही-३ मा उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नं

‘निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ’

काठमाडौं– सरकारले निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध