चिनियाँ लगानीको आयोजनाविरुद्ध झापामा लिम्बुवान मञ्चद्वारा प्रदर्शन « Khabarhub

चिनियाँ लगानीको आयोजनाविरुद्ध झापामा लिम्बुवान मञ्चद्वारा प्रदर्शन


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपालले आज प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र गौरादहमा शक्तिप्रर्दशन गरेको छ ।

गाउँ-गाउँबाट सयौंको संख्यामा सर्वसाधारणहरुको उपस्थितिमा मञ्चले गौरादहमा शक्ति प्रर्दशन गरेको हो ।प्रर्दशनमा सहभागि हुन झापा,मोरङ र सुनसरी जिल्लााबाट सर्वसाधारणहरु सहभागी भएका थिए ।

शक्तिप्रर्दशन अघि पार्टी कार्यकर्ताहरुको वृहत उपस्थितिमा पार्टीले गौरादहमा र्‍याली निकालिएको थियो । र्‍याली पछि आयोजित विरोध सभालाई मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन लगायतका केन्द्रीय सदस्यहरुले सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री ओली यही फागुन १६ गते दमकमा निर्माण हुन लागेको औद्योगिक पार्कको शिलान्यासमा आउने तय भएपछि मञ्चले पार्कलाई जग्गा दिएका जग्गाधनीहरुको मुआव्जाको विषयलाई लिएर प्रर्दशन निकालेको जनाएको छ ।

गौरादह,कमल गाउँपालिका र दमक नगरपालिका जोडिएको सो क्षेत्रमा बन्न लागेको क्लिन पार्कले पीडित बनाएपछि त्यहाँका विस्थापितहरुको पक्षमा लिम्बुवानले खुलेर प्रर्दशनसहित सभा गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले लिम्बुवान र पहिचान तथा क्लिन पार्क सरोकार सभा लेखिएको व्यानरसहित “लिम्बुवान आन्दोलन जारी छ, पहिचानको आन्दोलन जारी छ, भ्रष्ट ओली मुर्दाबाद, हत्यारा सरकार मुर्दाबाद, क्लिन पार्कको वास्तवक सार्वजनिक गर, क्लिन पार्क पीडितको आवाज सुनुवाई गर, उचित मुआब्जा वितरण गर” जस्ता नारा लगाउँदै गौरादह बजार परिक्रमा गरेका थिए ।

चिनियाँ प्रत्यक्ष लगानीमा ‘बेल्ट एन्ड रोड परियोना’ अन्तर्गत दमक क्लिन इन्डस्ट्रियल पार्कको निर्माण हुन लागेको मञ्चले जनाएको छ ।  राजनीतिकरुपमा महत्वाकांक्षी मानिएको उक्त परियोजना प्रधानमन्त्री ओली आफैले छनोट गरेको मञ्चको आरोप छ ।

उनीहरुले सो परियोजनामा भएको अनियमितता रोक्न माग राख्दै प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ११ : ०६ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

हात्ती पीडित बोटे परिवारलाई राहत

चितवन– जंगली हात्ती  ध्रुवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का

चिकित्सकको सुझावपछि गणेश नेपालीलाई तत्काल भारत नलगिने

काठमाडौं– सरकारले जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

भोजपुर– यहाँको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्किएर