भविष्यमा हुने सम्भावित युद्धमा आर्टिफिसियल इन्टेज्लिजेन्स (एआई) को महत्त्वपूर्ण भूमिका हुने धेरैले अनुमान गरेको विषय हो । स्काइ नेट र टर्मिनेटर जस्तो तहमा त्यो नहोला तर स्वतन्त्र मेशिनले आफू र हामीलाई समेत विस्फोट गर्न सक्छन् ।
जसरी अनुमान गरिएभन्दा फरक तवरले भविष्यको रहस्य उद्घाटन हुँदै गएको छ, त्यसले हामीले अनुमान गरेको जस्तो अवस्था नआउने देखाउँछ । मेशिनले विकास गरेको एआईको तह हामीले अनुमान गरेको भन्दा फरक दिशातर्फ गइरहेको छ ।
एआई एउटा कृत्रिम शब्दावली हो । यसको अर्थ समयअनुसार परिवर्तन हुँदै आएको छ । यो हाम्रो बुझाइ र इन्टिलिजेन्स आफैँ के हो भन्ने विषय नै समयक्रमा बदलिएको पाइन्छ ।
आज हामीले एआईलाई एउटा प्राविधिक उपलब्धिका रूपमा बुझेका छौँ जसले कम्प्युटरलाई मानिसको निर्णय प्रक्रियामा बद्लाव ल्याउन निर्देशन दिन सक्छ । मेशिनको अध्ययन यो परिवारभित्रको एक सदस्यलाई बुझ्न खोजिएको प्रयास मात्रै हो ।
आधुनिक कम्प्युटर प्रयोगमा आएसँगै ‘एआई’ ले सन् २००१ को फिल्म ‘अ स्पेस ओडीसी’ मा प्रयोग भएको शब्द ‘एचएएल ९०००’ को जस्तो छवि बनाएको छ । मान्छेको निर्देशन विना, स्वतन्त्र काम गर्न सक्ने कम्प्युटर आउन अझै समय लाग्नेछ ।
यो अवधिमा मेशिनको काम गर्न सक्ने क्षमतामा भने नाटकीय हिसाबमा वृद्धि भएको छ, जसले आफैँ मूल्याङ्कन गर्न सक्छ । के काम गर्ने भन्ने आफैँ पहिचान गर्न र त्यसमा काम गर्न सक्छ । यस्ता मेशिन राष्ट्रिय सुरक्षाजस्ता क्षेत्रमा धेरै उपयोगी हुन सक्छन् ।
मेशिनले अध्ययन, प्रक्रियाको विकास र मान्छेको दिमागको नक्कल गर्न सक्छ । मान्छेको मस्तिष्क कोषले कसरी स्नायु प्रणालीमा काम गर्छ भन्ने कुरा मेशिनमा ढाँचाबद्ध गरिएको हुन्छ ।
यो प्रक्रियालाई ‘तथ्याङ्क चालित’ प्रक्रिया पनि भन्न सकिन्छ, जसमा कुनै काम दिएपछि त्यसको कारण र असर पत्ता लगाउने क्षमता हुन्छ । मान्छेको दिमागले कुनै ज्ञान निर्माण र निर्णय आफैँ गर्न सकेजसरी ।
शुरूमा मेशिनको सिक्ने प्रक्रियाको विकासले आधुनिक कम्प्युटरको विकास दर्शाउँथ्यो । सन् १९४३ मा वारेन म्याकुलोच र वाल्टर पिट्सले एक कोषीय नेटकर्वको पहिलो गणितीय ढाँचा बनाए । सन् १९४९ मा डोनाल्ड ओ हेबले कोषीय विज्ञानमा एक अग्रणी काम गरे ।
उक्त अध्ययनले मान्छेले आफ्नो व्यवहार कसरी सङ्गठित गर्छ भन्ने पत्ता लगाउँदै स्मृति प्रक्रियाका विषयमा एक अवधारणा प्रस्तुत गर्यो । सन् १९५२ मा आईबीएम अनुसन्धानकर्ता अर्थर स्यामुलले कोषीय नेटर्वकलाई कम्प्युटरको कार्यसँग जोड्दै ‘मेशिन अध्ययन’ भन्ने शब्दावली विकास गरे ।
शुरूवाती चरणमा एआईले कोषीय नेटर्वक अनुसन्धानलाई खासै उपयोगी देखेको थिएन । १९७० र ८० को दशकमा अनुसन्धानकर्ता जसले साइन्स फ्रिक्सनबाट एआईलाई यथार्थमा रूपान्तरण गर्ने प्रयास गरे । त्यसका लागि उनीहरूले तर्क सङ्गत हिसाबमा कम्प्युटरले ‘सोच्न’ सक्ने प्रक्रिया शुरूवात गर्ने कोशिस गरेका थिए ।
ज्ञानमा आधारित प्रणाली कम्प्युटरको एल्गोरिदममा भर पर्यो । गणितीय नियमले कम्प्युटरको गणितसँग सम्बन्धित कार्यलाई निधारण गर्यो । यसरी विकास भएको यो प्रणालीले सन् १९९० को दशकसम्म आइपुग्दा एउटा पडाव पार गरिसकेको थियो ।
शताब्दीको अन्त्यसम्म मेशिन अध्ययन प्रक्रिया कम्प्युटर प्रविधिको एउटा महत्त्वपूर्ण विकासका रूपमा अघि आयो । यो कम्प्युटर विज्ञान र तथ्याङ्क विज्ञानको संयुक्त रूपको परिणाम थियो ।
नयाँ व्यवस्थाले अकल्पनीय संख्याको सूचना र अव्यवस्थित तथ्याङ्कलाई ‘एल्गोरिदम बुट’ का माध्यमबाट बुझ्न सकिने बनायो । यही ‘तथ्याङ्क चालित’ प्रविधिले ‘स्माटर’ कम्प्युटर निर्माणको प्रक्रियालाई तीव्रता दिएको थियो ।
अहिले मेशिन अध्ययन गर्ने प्रविधि सर्वत्र र सबै क्षेत्रमा उपलब्ध हुन थालेको छ । विशेष गरी बोली र अनुहार पहिचानका आधारमा । एउटा बजार अनुसन्धानले के देखाएको छ भने, ‘सफ्टवयर, हाडवयर र अन्य क्षेत्रमा गरी एक सय ५६ दशमलव ५ बिलियन लगानी छ ।
यो आँकडा सन् २०२० सम्मको हो । यो २०१९ को तुलनामा १२ प्रतिशतले वृद्धि हो । कोरोना भाइरसले अर्थतन्त्रको अन्य क्षेत्रमा नकारात्मक असर पुर्याउँदै गर्दा यो वृद्धि असाधारण हो ।
भविष्यको आकलन
भविष्यमा एआईलाई आवश्यक पर्ने महत्त्वपूर्ण वस्तुहरू मेशिन अध्ययन प्रविधिबाट हासिल नहुन सक्छ तर हालको विकासक्रममा उसले पुर्याएको योगदानका विषयमा प्रश्न गर्ने कुनै ठाउँ छैन ।
आगामी पुस्ताको कम्प्युटर सेवामा मेशिन अध्ययन प्रक्रिया एउटा महत्त्वपूर्ण हिस्सेदार हुने कुरामा दुईमत छैन ।
आगामी पाँच वर्षमा प्रवेश हुने कम्प्युटर प्रविधिले हामीलाई कहाँ पुर्याउने छ ? स्पष्ट छ, मानव निर्णय क्षमतालाई कम्प्युटर निर्णय क्षमताले विस्थापन गर्नेछ । मेशिनको सहकार्यमा मानिसको कार्य क्षमता निर्धारण हुनेछ ।
उदाहरणका लागि राम्रो निर्णय गर्न सक्ने र सही र पर्याप्त सूचना सङ्कलन गर्न सक्ने कम्प्युटरलाई भविष्यमा जोडीका रूपमा अघि बढाउन सकिन्छ । आगामी पाँच वर्षमा यस्तो प्रविधि सरकारी क्षेत्रमा बाढीका रूपमा प्रवेश गर्नेछ ।
यसले हामीलाई कहाँ पुर्याउने छ ? एउटा स्पष्ट उदाहरण भनेको मानव निर्णय क्षमतालाई कम्प्युटर निर्णय क्षमताले विस्थापन गर्नेछ । यो यतिमा मात्रै सीमित रहने छैन । एमआईटी सेन्टर फर कलेक्टिव इन्टिलेजेन्सका निर्देशक थोमस मेलोन भन्छन्, ‘तीन प्रकारका मेशिनको सहकार्यमा मानिसको कार्य क्षमता निर्धारण गर्नेछ ।’
यी सबै कार्य संरचनालाई राष्ट्रिय सुरक्षा र रक्षाका क्षेत्रमा प्रयोग गर्न सकिनेछ तर युद्ध तिनीहरूले नियन्त्रण गर्न सक्ने छैनन् । मेशिनले अध्ययन गर्ने प्रक्रिया किन महत्त्वपूर्ण हुन्छ भन्ने कुरा यहाँ उल्लेख गर्न आवश्यक छ ।
यदि तिनले स्थापित ढाँचाको अध्ययन गर्न सके भने त्यहाँ धेरै डाटा सङ्कलित हुन्छन् । यसको एउटा उदाहरण ट्राफिक नियन्त्रणमा हुन सक्छ । कम्प्युटरले पहिलाको गतिविधिको अध्ययनबाट भविष्यको ट्राफिकलाई कसरी नियन्त्रण गर्ने भनेर सो निर्णय गर्न सक्छ ।
युद्धको समयमा भने यो प्रक्रिया धेरै अव्यवस्थित हुन सक्छ । यसले सीमित तथ्याङ्कबाट असीमित काम गर्न सक्ने हुँदा यो युद्धको समयमा अव्यवस्थित हुने खरता रहन्छ ।
भविष्यको सोच्ने प्रक्रिया
यदि स्नायु नेटर्वक र मेशिन अध्ययन प्रक्रिया एआईलाई निर्देशित गर्ने प्रमुख प्रविधि भए भने, युद्धको समयमा एआई प्रयोग गर्ने सम्भावना एकदम न्यून हुन्छ ।
नाटकीय हिसाबमा एआईको सोच्ने प्रक्रिया विकास भयो भने यसले भविष्यमा सैन्य गतिविधिलाई चुनौती दिनेछ । यदि मेशिन अध्ययन प्रक्रिया आगामी शताब्दीको एक तिहाई भागसम्म रह्यो भने एआई वैश्विकरूपमा राष्ट्रिय सुरक्षा र सैन्य गतिविधिका लागि खासै उपयोगी हुँदैन । यसले हाम्रो युद्ध हाम्रो लागि लड्ने छैन ।
अर्कोतर्फ यदि एआई युद्धको मौदानबाट बाहिर निस्कियो भने पनि सैन्य गतिविधि सम्बन्धी धेरै एप एआईले प्रयोग गर्न सक्नेछ । उदाहरणका लागि, मेशिन अध्ययन प्रक्रियाबाट झुटो समाचार तयार पार्न सकिनेछ, प्रपोगाण्डा सामग्री तयार गर्न सकिनेछ । युद्धको वातावरण झनै युद्धोत्तर बनाउन यसको भूमिका हुनेछ ।
सैन्य गतिविधिमा एआई कसरी प्रयोग भएको छ भन्ने कुरा अन्य कारकले पनि निर्धारण गर्नेछ । निजी क्षेत्रको विकाससँग नयाँ सम्भावना सहितको लगानीकर्ता भित्रिने छन् । यसलाई रक्षा गतिविधिमा संलग्न गर्न सकिन्छ ।
अर्कोतर्फ अन्तर्राष्ट्रिय सम्झौता र नैतिक बन्धनले एआई युद्ध रोक्ने प्रयास गर्नेछ । महाशक्ति राष्ट्रबीचको टकरावले पनि भविष्यको युद्ध निधारण गर्नेछ । अमेरिका र चीन दुवैले त्यस दिशातर्फ काम गरेकाले पनि उक्त विषय नकार्न सकिँदैन । त्यसमा न्यूनतम विन्दु त रहन्छ नै । भविष्यमा युद्ध भएको खण्डमा त्यो एआईले लड्ने युद्ध होस् भन्ने अपेक्षा गरौँ ।
(काराफानो सुरक्षा चुनौती र विदेश नीतिका वरिष्ठ अनुसन्धानकर्ता हुन् । १६ मार्च २०२१ मा द न्याशनल इन्ट्रेस्टमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)
प्रतिक्रिया