इन्धनको मूल्य बढेसँगै हवाई भाडा वृद्धि | Khabarhub Khabarhub

इन्धनको मूल्य बढेसँगै हवाई भाडा वृद्धि


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ ।

सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको जानकारी दिएको छ । निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर रु दुई बढाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुरुप हवाई इन्धनको मूल्य जे जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य बढाइएको सङ्घले जनाएको छ ।

सङ्घका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार हवाई गन्तव्यमा साविकको मूल्यमा सबैभन्दा बढी रु ९० र कम्तीमा छोटो दूरीमा रु पाँच भाडा बढेको छ । काठमाडौँ–धनगढी गन्तव्यमा रु ९०, काठमाडौँ–भद्रपुरमा रु ६० भाडा बढेको छ भने पर्वतीय उडानमा रु ७० बढेको छ ।

हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रूपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ । आयल निमगले हालै मात्र हवाइ इन्धनमा प्रतिलिटर रु दुई मूल्य बढाएको थियो । बढेको इन्धनअनुसारको भाडादर नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भएको सङ्घले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ४ : ४६ बजे

राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ : एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेपालको राजनीतिमा देखिएको वर्तमान समस्याको

जेन-जीको बलमा सत्ताबाट बाहिरिएको एमालेले भन्यो : तोडफोड, आगजनी र हिंसाले मुलुक दशकौँ पछाडि धकेलियो

काठमाडौँ- सोमबार र मंगलबार भएको जेन-जीको विध्वंशात्मक आन्दोलनपछि सत्ताबाट बिमखु

काभ्रे प्रशासनद्वारा कर्फ्युको समय लम्ब्याइयो

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले  कर्फ्युको समयलाई आज पनि निरन्तरता दिएको

गणतन्त्रलाई थप बलियो बनाउन बृहत् नागरिक आन्दोलनको आग्रह

काठमाडौं– बृहत् नागरिक आन्दोलनले संविधानका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा ‘जेन-जी’ क्रान्तिको

इस्टु कार्कीले बालेनलाई भनिन्– हामीलाई राजतन्त्र चाहिएको छैन 

काठमाडौं– जेन–जी आन्दोलनमा सहभागी सोसल मिडिया इन्फ्ल्युएनसर इस्टु कार्कीले काठमाडौं