चौथो टी-ट्वान्टीमा भारत ८ रनले विजयी « Khabarhub

चौथो टी-ट्वान्टीमा भारत ८ रनले विजयी


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  पाहुना टोली इंग्ल्यान्डलाई भारतले चौथो टी-ट्वान्टी क्रिकेटमा ८ रनले पराजित गरेको छ ।

अहमदाबादमा बिहीबार राति भएको खेलमा भारतले इंग्ल्यान्डमाथि ८ रनको जित निकालेको हो ।

भारतको जितसँगै ५ खेलको सिरिज २-२ को स्थितिमा पुगेको छ । अबको खेल निर्णायक हुने भएको छ ।

भारतले दिएको १ सय ८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाए । यस्तै जासन रोयले ४० रन जोड्दा जोनी बेयर्स्टोले २५ रन जोडे । डाविड मालन १४ रनमा आउट हुँदा जोस बट्लरले ९ रन बनाए । जोफ्रा आर्चर १८ रनमा अविजित रहे भने क्रिस जोर्डन १२ रनमा आउट भए ।

भारतका लागि शार्दुल ठाकुरले ३ तथा हार्दिक पाण्डय र राहुल चहलले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।

भारतका लागि सुर्य कुमार यादवले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै श्रेयस एयरले ३७ रन जोड्दा ऋषव पन्तले ३० रन बनाए ।

केएल राहुल १४, रोहित शर्मा १२, हार्दिक पाण्डय ११ रनमा आउट हुँदा शार्दुल ठाकुरले अविजित १० रन बनाए । कप्तान विराट कोहली १ रनमा आउट भए ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ८ : ०५ बजे

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक

शान्ति वार्ताका लागि इरान र अमेरिकाका उच्च अधिकारीहरु पाकिस्तानमा

काठमाडौँ– अमेरिका र इरानबीच जारी करिब ६ हप्ता लामो युद्ध