अझै फेला परेनन् झा दम्पती | Khabarhub Khabarhub

अझै फेला परेनन् झा दम्पती


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- जनकपुर–जलेश्वर सडक खण्ड अन्तर्गत पर्छ, सोहर्वा गाउँ । सडक छेउमै छ, सौहर्वा माध्यमिक विद्यालय ।

त्यसको दक्षिणतर्फबाट साघुरो बाटो छ । साघुरो पक्की सडक भएर बाँयातर्फ दोस्रो घर मुसाफिर झाको छ । झाको घर चारैतिर पर्खालले घेरिएको छ । उनको तीन वटा घर छुटाछुट्टै छ । घरमा प्रवेश गर्नुअघि फलामको ढोका छ ।

ढोकाको बाँयापट्टी भान्से घर छ । त्यसको अगाडी दुई कोठे टाली भएको घर छ । त्यसको पछाडि छत ढलान भएको चार कोठे घर छ । २६ दिनपहिले राति खाना खाएर मुुसाफिर टोली भएको दक्षिणतर्फको कोठामा सुते ।

मुसाफिर सुतेकै कोठाको छेउमा उनका कान्छी बुहारी उषा झा सुतिन् । उनको श्रीमती गीता देवी पक्की घर भएको कोठामा सुतिन् । जेठी बुहारी अंशु झा दुई घर पर रहेको पुरानो घरमा सुत्न गइन् ।

कान्छी बुहारी उषा साढे १० बजे सुतेपछि बिहान ५ बजे निन्द्रा खुलेको बताईन् । उनका अनुसार बाहिर निस्किन खोज्दा बाहिरबाट ढोका थुनेको थियो । ‘ढोका ढक्ढक्याएँ, तर कसैले सुनेन् । एकछिन बेडमै अराम गरे,’ उनले भनिन्, ‘फेरि ६ बजे तिर ढोका ढक्ढक्याएँ । दिदी अंशु झाले खोलिन् ।’ दुबै जना काममा लागे । उषाले चिया पकाउन थालिन् ।

एकछिनपछि अंशु पक्की घरमा कामले जान लाग्दा ढोकामा पानी पोखिएको देखिन् । अलिकती अगाडी जाँदा, रगत पनि देखिन । सासु गीता देवी सुतेको कोठा खाली थियो । ओछ्यानसमेत नरहेको अंशुले सुनाईन् । आत्तिएर ससुरालाई बोलाउन छोरीलाई पठाइन । ‘छोरीले हजुर बुबा पनि घरमा नरहेको र ओछ्यान पनि नरहेको बताइन्,’ उनले भनिन्, ‘हामी आत्तियौं । छिमेकीलाई बोलायौं । चारै तिर खोज्यौ । गाउँमा हल्ला भयो । तर, कतै पनि भेट्नु भएनन् ।’

राति गाउँमा विवाहको डिजे बज्दा घरमा कुनै प्रकारको अवाज नसुनेको मुसाफिरकी बुहारी उषाको भनाइ छ । ‘राति बुबाआमा खाना खाएर चाँडै सुत्नु भएको थियो,’ कान्छी बुहारी उषाले भनिन्, ‘गाउँमा विवाहको डिजे बज्दा घरमा कुनै अवाज आएन ।’

२६ दिनदेखि झा दम्पती बेपत्ता छन् । घर सुनसान छ । घरमा खाना पाक्दैनन् । पाकेपनि कसैलाई पनि खाना रुच्दैन् । मुसाफिरको विवाह भइसकेको दुई छोरी पनि माइत आएकी छन् । छिछिनमा रुदैँ रुदैं बेहोस हुन्छिन् । मलिलो अनुहार बनाएर उनीहरु बसेकी छिन्, घरीघरी बुबाआमालाई सम्झेर रुन्छिन् ।

भारतमा रोजगारी गरिरहेका मुसाफिरका कान्छा छोरा मनिष पनि आएका छन् । बुबाआमा बेपताले उनलाई निकै पिरोलिएको छ । उनको दुबै आँखा रातो छ । अनुहारमा कुनै बेला पनि मुस्कान आउँदैनन् । मुसाफिरको जेठो छोरा चार वर्ष अगाडी स्वर्गबास भइसकेको छ ।

झा दम्पती बेपता भएको खबरले गाउँ भरी त्रास छ । २४ औं घण्टा प्रहरीले पहरा दिइरहेका छन् । विभिन्न कोणबाट प्रहरी अनुसन्धान गरेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय महोत्तरीले संयुक्त रुपमा अनुसन्धान गरिरहेको छ । तर, प्रगति शुन्य जस्तै छ । प्रदेश प्रहरी प्रमूख धिरजप्रताप सिंहले विशेषत तीन वटा कोणबाट अनुसन्धान भइरहेको बताए ।

उनका अनुसार आर्थिक लेनदेन, व्यक्तिगत रिसइबी र पारिवारीक रिसइबीको कोणबाट सुक्ष्म अनुसन्धान भइरहेको छ । ४० वटा पोखरी सर्च भएको भन्दै दुई वटा पोखरीमा पानी खाली गरेर नै अनुसन्धान गरेको उनले जानकारी दिए । प्रहरीले छिमेकीसहित चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ११ : ०६ बजे

मोरङको सुन्दरहरैँचास्थित पञ्चायत मावि भवनको शिलान्यास

काठमाडौं– मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौं– एनसेलका ग्राहकले एनसेल एपमार्फत अब प्रत्येक१०० रुपैयाँ र सो भन्दा

कैलालीमा बस र माइक्रोबस ठोक्किँदा १० जना घाइते 

धनगढी– कैलालीमा बस र माइक्रो बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा

विराटनगर महानगरमा पनि एमाले संस्थापनलाई धक्का, ढकाल पक्षका गिरीसहित प्यानलै विजयी

विराटनगर- प्रमुख सत्तारुढ नेकपा एमाले विराटनगर महानगरपालिका कमिटीको निर्वाचनमा पनि