राष्ट्रिय नाचघरमा ‘बुद्ध थिएटर फेस्टिभल’ « Khabarhub

राष्ट्रिय नाचघरमा ‘बुद्ध थिएटर फेस्टिभल’


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भगवान गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउन र उनले प्रदान गरेका ज्ञानका विभिन्न आयाममाथि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा नयाँ बहस सृजना गर्ने उद्देश्यका ‘बुद्ध थिएटर फेस्टिभल’ आयोजना हुने भएको छ ।

डबली थिएटरले वागमती प्रदेश सरकार र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरसँग मिलेर गर्न लागेको फेस्टिभल चैत्र ८ गतेदेखि सुरु भएर चैत्र १४ गतेसम्म चल्नेछ ।

डबली थिएटरका निर्देशक पुष्कर गुरुङले राष्ट्रिय नाचघरको प्रेक्षालयमा सात दिन चल्ने फेस्टिभलमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गरी ७ वटा नाटकको मञ्चन एवं चर्या नृत्य तथा कार्यपत्र प्रस्तुत गरिने जानकारी गराए ।

फेस्टिभलमा भारत र हङकङ एक–एक नाटक रहेका छन् भने बाँकी ५ नाटक नेपालकै रहेका छन् । गुरुङका अनुसार ८ गते भारतीय नाटक निर्देशक दानी करमाकर निर्देशित ‘तथागत’सँगै फेस्टिभलको उद्घाटन हुनेछ भने अन्तिम दिन वीरेन्द्र हमालको निर्देशन रहेको ‘प्रतीज्ञा समुद्पाद’ मञ्चन हुनेछ ।

फेस्टिभलमा विकास जोशीको निर्देशनमा रहेको ‘सिद्धार्थको गृहत्याग’, निशा पाख्रिनको निर्देशन रहेको ‘ट्यागमोलहुइजिन’ सुदीपजंग कार्कीको निर्देशन रहेको ‘मालिनी’, म्यान लीको निर्देशन रहेको ‘सिद्धार्थ इन हङकङ’ , सुदीप डंगोलको निर्देशन रहेको ‘विम्बको सपना’ मञ्चन हुनेछन् ।

आयोजक डबली थिएटरले रंगमञ्चको माध्यमबाट बुद्ध दर्शन तथा ज्ञान सम्पे्रषण गर्न केही वर्षयता बुद्ध थिएटर फेस्टिभल आयोजना गर्दे आइरहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १२ : ०० बजे

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य