राष्ट्रिय नाचघरमा ‘बुद्ध थिएटर फेस्टिभल’ « Khabarhub

राष्ट्रिय नाचघरमा ‘बुद्ध थिएटर फेस्टिभल’


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भगवान गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउन र उनले प्रदान गरेका ज्ञानका विभिन्न आयाममाथि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा नयाँ बहस सृजना गर्ने उद्देश्यका ‘बुद्ध थिएटर फेस्टिभल’ आयोजना हुने भएको छ ।

डबली थिएटरले वागमती प्रदेश सरकार र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरसँग मिलेर गर्न लागेको फेस्टिभल चैत्र ८ गतेदेखि सुरु भएर चैत्र १४ गतेसम्म चल्नेछ ।

डबली थिएटरका निर्देशक पुष्कर गुरुङले राष्ट्रिय नाचघरको प्रेक्षालयमा सात दिन चल्ने फेस्टिभलमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गरी ७ वटा नाटकको मञ्चन एवं चर्या नृत्य तथा कार्यपत्र प्रस्तुत गरिने जानकारी गराए ।

फेस्टिभलमा भारत र हङकङ एक–एक नाटक रहेका छन् भने बाँकी ५ नाटक नेपालकै रहेका छन् । गुरुङका अनुसार ८ गते भारतीय नाटक निर्देशक दानी करमाकर निर्देशित ‘तथागत’सँगै फेस्टिभलको उद्घाटन हुनेछ भने अन्तिम दिन वीरेन्द्र हमालको निर्देशन रहेको ‘प्रतीज्ञा समुद्पाद’ मञ्चन हुनेछ ।

फेस्टिभलमा विकास जोशीको निर्देशनमा रहेको ‘सिद्धार्थको गृहत्याग’, निशा पाख्रिनको निर्देशन रहेको ‘ट्यागमोलहुइजिन’ सुदीपजंग कार्कीको निर्देशन रहेको ‘मालिनी’, म्यान लीको निर्देशन रहेको ‘सिद्धार्थ इन हङकङ’ , सुदीप डंगोलको निर्देशन रहेको ‘विम्बको सपना’ मञ्चन हुनेछन् ।

आयोजक डबली थिएटरले रंगमञ्चको माध्यमबाट बुद्ध दर्शन तथा ज्ञान सम्पे्रषण गर्न केही वर्षयता बुद्ध थिएटर फेस्टिभल आयोजना गर्दे आइरहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १२ : ०० बजे

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको