बैठकमा नआउने सांसदको नाम सार्वजनिक « Khabarhub

बैठकमा नआउने सांसदको नाम सार्वजनिक

१० भन्दा बढी बैठकमा नआउने सांसद को को ?


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको धेरै बैठकमा सहभागी नहुने सांसदहरुको नाम संसदमा सार्वजनिक गरिएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको ११ भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम पढेर सुनाएका हुन् ।

जसअनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसका सांसद नागेन्द्रकुमार २५ वटा बैठकमा अनुपस्थित भएका छन् । त्यस्तै नेपाली कांग्रेसकै सांसद सूर्यबहादुर केसी २१ बैठकमा अनुपस्थित थिए । अस्वस्थताका कारण बैठकमा नआएका उनको निधन भएको छ ।

त्यस्तै नेकपा एमालेकी सांसद नविना लामा १९ बैठकमा अनुपस्थित भएकी छन् । सांसद कलिला खातुन १७ बैठकमा अनुपस्थित छन् ।

त्यस्तै नेकपा एमालेकी सांसद यसोदा सुवेदी गुरुङ र निर्जला राउत १४ बैठकमा आएका छैनन् । सुरेशचन्द्र दास १३ बैठक, गणेश सिंह ठगुन्ना महेन्द्रकुमारी लिम्बु, रुही नाज ११ बैठकमा अनुपस्थित भएको सभामुखले बताएका छन् । बैठकमा अधिकांशले स्वास्थ्यको कारण देखाएका छन् भने केहीले घरायसी कामका कारण आउन नसकेको बताएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १ : ५५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको