राजीनामा घोषणा गर्दै महान्यायाधिवक्ता खरेलले भने– पार्टीले दिएको जिम्मेवारी सम्हाल्छु « Khabarhub

राजीनामा घोषणा गर्दै महान्यायाधिवक्ता खरेलले भने– पार्टीले दिएको जिम्मेवारी सम्हाल्छु


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महान्यायाधिवक्ता अग्नि खरेल राजीनामा दिएका छन् । खरेलले पत्रकार सम्मेलन गर्दै आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा खरेलले प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिएको बताए । उनले प्रधानमन्त्रीसँग छलफल गरेरै राजीनामा दिएको पनि बताएका छन् ।

खरेलले अब राजनीतिमा सक्रिय हुने संकेत पनि गरेका छन् । उनले पार्टीले दिएको जिम्मेवारी सम्हालने बताए । उनले भने, ‘विगतमा जे गरेको थिएँ, साविककै तिर जाने आशयका साथ राजीनामा दिएको छु । अब बाँकी जीवन राजनीतिक जीवनमै फर्किन्छु । पार्टीले दिएको जिम्मेवारी सम्हाल्छु।’

उनले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध बिग्रिएको कुरा पनि गलत भएको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीसँगै थिएँ, पछि पनि रहनेछु । प्रतिनिधि सभा विघटनको मुद्दामा महान्यायाधिवक्तासँग प्रधानमन्त्री असन्तुष्ट रहेको भन्ने कुरामा कुनै सत्यता छैन । विघटनमा हामीले प्रतिरक्षा गर्नु संविधान सम्मत थियो । प्रधानमन्त्रीसँग म अहिले पनि छु र पछि पनि रहनेछु ।’

पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  २ : २० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको