प्रतिनिधिसभाको अर्को बैठक चैत १० गते « Khabarhub

प्रतिनिधिसभाको अर्को बैठक चैत १० गते


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाले सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसांसद एवं संविधानसभा सदस्य अशोक कोइरालाको निधनप्रति राखेको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।

बैठकले प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कोइरालाको ७१ वर्षको उमेरमा यही चैत ४ गते राति उपचारका क्रममा असामयिक निधन भएकामा शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ ।

सदनले शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । कोइराला २०५८ सालमा राष्ट्रियसभा सदस्य, विसं २०६३ को पुनःस्थापित प्रतिनिधिसभा सदस्य एवं २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकका रुपमा निर्वाचित सदस्य थिए ।

सभाले उनको सम्मानमा एक मिनेट मौनधारणसमेत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १० गते मङ्गलबार दिनको १ बजे बस्नेछ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ३ : ५१ बजे

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,

लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

बुवालाई सम्झिँदै मेस्सीको भावुक पत्र, ‘अब फुटबल खेलिरहने हो कि होइन, गम्भीर शंका छ’

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यास