क्रिकेट रंगशालाको प्याराफिट ढलानमा धुर्मुसको खुशी (फोटोफिचर) « Khabarhub

क्रिकेट रंगशालाको प्याराफिट ढलानमा धुर्मुसको खुशी (फोटोफिचर)


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चारवटा एकीकृत नमूना वस्ती निर्माण पछि धुर्मुस–सुन्तली फाउण्डेसन चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्माणमा व्यस्त छ ।

फाउण्डेसका प्रमुख अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’सहित दर्जनौं कामदार रंगशाला निर्माणमा सक्रिय भएर लागि परेका छन् ।

कोभिड महामारीको समयमा पनि उनीहरु स्वास्थ्य सुरक्षा अपनाएर रंगशाला निर्माणमा खटिए ।

यिनै धुर्मुसले सामाजिक सञ्जाल फेसबुकमा पहिलो चरणको प्याराफिट निर्माण चरणको तस्वीर राखेका छन् । ‘सपना…(पहिलो चरणको प्याराफिटअन्तर्गत तीन हजार दर्शकले खेल हेर्न मिल्ने संरचनाको झलक, ढलानको तयारी)’ भनी क्याप्सन लेखेका छन् ।

तस्वीरमा उनी र रंगशालाको साइट मेनेजर सुरेन्द्र सुवेदीसहित कामदारहरु रात्रीकालिन समयमा काममा व्यस्त देखिन्छन् ।

सुरेन्द्रले पनि वि.सं. २०७७ को लक्ष्य तीन हजार दर्शक अट्ने पहिलो चरणको प्याराफिट निर्माण भनी निर्माणका तस्वीर राखेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ८ : १५ बजे

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता

गृहमन्त्रीलाई बधाई दिन मन्त्रालयमै पुगे सहिद परिवार र जेन-जी घाइते

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् ।

बहराइन र यूएई होटलमा अमेरिकी सैनिकको उपस्थिति : इरानको कडा प्रतिक्रिया

तेहरान- इरानले बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) का होटल

बालेन मन्त्रिपरिषद् : कुन मन्त्रीलाई कुन वरीयता ?

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति

लाङटाङ क्षेत्र गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं- रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको एउटा हेलिकप्टर शुक्रबार