क्रिकेट रंगशालाको प्याराफिट ढलानमा धुर्मुसको खुशी (फोटोफिचर) « Khabarhub

क्रिकेट रंगशालाको प्याराफिट ढलानमा धुर्मुसको खुशी (फोटोफिचर)


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चारवटा एकीकृत नमूना वस्ती निर्माण पछि धुर्मुस–सुन्तली फाउण्डेसन चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्माणमा व्यस्त छ ।

फाउण्डेसका प्रमुख अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’सहित दर्जनौं कामदार रंगशाला निर्माणमा सक्रिय भएर लागि परेका छन् ।

कोभिड महामारीको समयमा पनि उनीहरु स्वास्थ्य सुरक्षा अपनाएर रंगशाला निर्माणमा खटिए ।

यिनै धुर्मुसले सामाजिक सञ्जाल फेसबुकमा पहिलो चरणको प्याराफिट निर्माण चरणको तस्वीर राखेका छन् । ‘सपना…(पहिलो चरणको प्याराफिटअन्तर्गत तीन हजार दर्शकले खेल हेर्न मिल्ने संरचनाको झलक, ढलानको तयारी)’ भनी क्याप्सन लेखेका छन् ।

तस्वीरमा उनी र रंगशालाको साइट मेनेजर सुरेन्द्र सुवेदीसहित कामदारहरु रात्रीकालिन समयमा काममा व्यस्त देखिन्छन् ।

सुरेन्द्रले पनि वि.सं. २०७७ को लक्ष्य तीन हजार दर्शक अट्ने पहिलो चरणको प्याराफिट निर्माण भनी निर्माणका तस्वीर राखेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ८ : १५ बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र