ओलीको ‘अहंकार’कै कारण देश र पार्टी बिग्रियो : नेता नेपाल « Khabarhub

ओलीको ‘अहंकार’कै कारण देश र पार्टी बिग्रियो : नेता नेपाल


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओलीको व्यक्तिवाद र बिचलनले धेरै बिगारेको भन्दै अहिलेको लडाइँ विचारकै भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा अखिल नेपााल महिला संघको राष्ट्रिय कार्यकता भेलामा नेता नेपालले ओली सिद्धान्तनिष्ट र आदर्शप्रति समर्पित हुन नसकेकाले आफूहरु विचारको लडाइँ लड्न बाध्य भएको बताए ।

उनले अहिले क्रान्तिकारी पार्टी वा व्यक्तिवादी पार्टी बनाउने लडाइँ भएको भन्दै पद वा जुँगाको लडाइँ नभएको पनि बताए । उनले ओलीको अहंकारकै कारण देश र पार्टी बिग्रेको आरोप लगाए ।

उनले समाजको परिवर्तन नै आफूहरुको मूल लक्ष्य भएको तर्क गरे । ओलीले ठिक ढंगले पार्टी नचलाएकोले आफूहरुले विरोध गरेको उनको तर्क थियो ।

उनले आफूहरुप्रति ओलीले हामी कहाँ छौ भनेर व्यङ्ग गरेको भन्दै छिटै आफूहरु बालुवाटारमा हुने धारणा पनि राखेका थिए । अब नेकपा एमालेलाई जनताप्रति समर्पित गर्दै शसक्त ढंगले समाजवादको बाटोमा अघि बढाउने उनले बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ५ : ५९ बजे

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन

पश्चिम एशियामा तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

पेरिस- पश्चिम एशियामा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई

महेश बस्नेत भन्छन् : आयोगको प्रतिवेदनका नाममा धरपकड गरिए देश द्वन्द्वतर्फ धकेलिन्छ

भक्तपुर- नेकपा एमालेका सचिव महेश बस्नेतले गौरीबहादुर कार्की आयोग कार्यान्वयन