ओलीको ‘अहंकार’कै कारण देश र पार्टी बिग्रियो : नेता नेपाल « Khabarhub

ओलीको ‘अहंकार’कै कारण देश र पार्टी बिग्रियो : नेता नेपाल


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओलीको व्यक्तिवाद र बिचलनले धेरै बिगारेको भन्दै अहिलेको लडाइँ विचारकै भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा अखिल नेपााल महिला संघको राष्ट्रिय कार्यकता भेलामा नेता नेपालले ओली सिद्धान्तनिष्ट र आदर्शप्रति समर्पित हुन नसकेकाले आफूहरु विचारको लडाइँ लड्न बाध्य भएको बताए ।

उनले अहिले क्रान्तिकारी पार्टी वा व्यक्तिवादी पार्टी बनाउने लडाइँ भएको भन्दै पद वा जुँगाको लडाइँ नभएको पनि बताए । उनले ओलीको अहंकारकै कारण देश र पार्टी बिग्रेको आरोप लगाए ।

उनले समाजको परिवर्तन नै आफूहरुको मूल लक्ष्य भएको तर्क गरे । ओलीले ठिक ढंगले पार्टी नचलाएकोले आफूहरुले विरोध गरेको उनको तर्क थियो ।

उनले आफूहरुप्रति ओलीले हामी कहाँ छौ भनेर व्यङ्ग गरेको भन्दै छिटै आफूहरु बालुवाटारमा हुने धारणा पनि राखेका थिए । अब नेकपा एमालेलाई जनताप्रति समर्पित गर्दै शसक्त ढंगले समाजवादको बाटोमा अघि बढाउने उनले बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ५ : ५९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको