बडाल महान्यायाधिवक्तामा नियुक्त | Khabarhub Khabarhub

बडाल महान्यायाधिवक्तामा नियुक्त


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल निवासी अधिवक्ता बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरिएको जनाएको छ । उनले आइतबार सपथग्रहण गर्ने बताइएको छ ।

आजै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए ।

खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन् । बडाल नेपाल बार एसोसिएसनको उपाध्यक्षसमेत हुन् ।

यस्तो छ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति

 

 

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ५ : ३६ बजे

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र