४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद भोलि छुट्दै « Khabarhub

४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद भोलि छुट्दै


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय जेलमा ४० वर्षदेखि बन्दी जीवन बिताइरहेका इलामका दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी) भोलि (शनिबार) छुट्ने भएका छन् ।

उच्च अदालत, कोलकाताले छाड्न आदेश दिएपछि उनका भाइ प्रकाशचन्द्र कोलकाता गएका थिए । दुर्गाप्रसादलाई आज (शुक्रबार) थुनामुक्त गर्ने भनिए पनि अदालती प्रक्रिया नसकिएका कारण नछुटेको भाइ प्रकाशले जानकारी दिए ।

अदालतले गत बुधबार उनलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको थियो । कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोट्टाथिल बि नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले उनलाई छाड्न आदेश दिएका थिए । अदालतले दुर्गाप्रसादलाई भाइ प्रकाशको साथमा जिम्मा लगाउने आदेश दिएको थियो ।

दाइलाई लिन कोलकाता पुगेका प्रकाशले अदालतका रजिष्ट्रारसमक्ष सम्पूर्ण कागजी प्रक्रिया पूरा गरे पनि समय अभावले दुर्गाप्रसाद छुट्न नसकेको बताए । शनिबार दुर्गाप्रसाद छुट्ने उनको भनाइ छ ।

दुर्गाप्रसादको मानसिक अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई हरेक ६ महिनामा जानकारी गराउन अदालतले भनेको छ । महावाणिज्य दूतावासले अदालतलाई उक्त जानकारी उपलब्ध गराउने छ ।

इलामको माई नगरपालिका – १० बाट दुर्गाप्रसाद १९ वर्षको उमेरमा तोरो बेच्न भन्दै मंगलबारे गएका थिए । तोरो बेचेर आएको पैसा लिएर उनी कामको खोजीमा दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा हत्या आरोपमा पक्राउ परेका उनी भारतका विभिन्न जेलमा सारिएका थिए । उनका परिवारले भने आन्दोलनमा मारिएको हुन सक्ने आशंका गरेको थियो ।

कोलकाताको दमदम कारागारमा राधेश्याम दास नामका कैदीले उनलाई १० वर्षअघि देखेका थिए । गत जनवरीमा पनि दुर्गाप्रसादलाई त्यहीँ देखेपछि सोधपुछ गर्दा उनी ४० वर्षदेखि सुनुवाइ बिना कारागारमा रहेको खुलेको थियो । दास थुनामुक्त भएपछि उनले वेस्ट बंगाल रेडियो क्लबमा खबर गरेका थिए । त्यसपछि विभिन्न सञ्चारमाध्यम हुँदै दुर्गाप्रसाद ४० वर्षदेखि भारतीय जेलमा रहेको खबर सार्वजनिक भएको थियो । त्यसपछि उनको पक्षमा माहोल बनेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ७ : १० बजे

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक