अबको दुई हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकार बन्ने महामन्त्री कोइरालाको दाबी  « Khabarhub

अबको दुई हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकार बन्ने महामन्त्री कोइरालाको दाबी 


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अबको दुई हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

पत्रकारसँगको भेटमा आज चितवनमा उनले सरकार परिवर्तनको विषयमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच छलफल भइरहेको जनाउँदै अबको २ हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् ।

उनले भने, “माओवादी केन्द्र र मधेशवादी दलबीच भएको छलफल निष्कर्षमा पुग्छ र कांग्रेसको नेतृत्वमा सरकार बन्छ ।”

अहिले कांग्रेस पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ । माओवादी केन्द्र सरकारमा रहिरहेका कारण केही समय लागेको उनको भनाइ छ ।

उनले भने, “अहिले माओवादी केन्द्र सरकामा छ । उनीहरु फर्कन्छन् कि फर्कँदैनन् भन्ने हेर्नुपर्छ । तर हाम्रो प्रयत्न माओवादी केन्द्रलाई अहिलेको सरकारबाट बाहिर ल्याउने रहेको छ ।”

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले चालेको प्रतिगमनकारी कदमलाई सर्वोच्च अदालतले सच्याइदिएको भन्दै उनले संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ८ : २१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको