अध्यादेश रोकिएकोमा प्रधानमन्त्रीको आक्रोश : के संसदमा सधैँ श्रद्धाञ्जलि दिएरै बस्ने ? « Khabarhub

अध्यादेश रोकिएकोमा प्रधानमन्त्रीको आक्रोश : के संसदमा सधैँ श्रद्धाञ्जलि दिएरै बस्ने ?


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सरकारले दर्ता गराएको अध्यादेश सदनमा पेश हुन नसकेकोप्रति आक्रोश पोखेका छन् ।

शुक्रबार बेलुकी बालुवाटारमा आयोजित उद्योगी व्यवसायीको छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा अध्यादेश अड्किएको विषयमा आक्रोश पोखेका हुन् ।

उनले उद्योगी व्यवसायीलाई रोजगारी, उत्पादन र निर्यात केन्द्रित उद्योग, कलकारखाना खोल्न आग्रह गर्दै सरकारले त्यसका लागि आवश्यक परेको खण्डमा ऐन संशोधन गर्न अध्यादेशसम्म ल्याउन सक्ने बताए ।

अध्यादेश ल्याउँदा अहिलेको जस्तो संसद श्रद्धाञ्जलि दिँदै उठ्ने अवस्था रहिरहेमा केही गर्न नसकिने भन्दै प्रधानमन्त्री ओलीले यस्ता कुरामा बिलम्ब गर्न नहुने बताए ।

रोजगारी र उत्पादन दिने र निर्यात गर्ने खालका उद्योग स्थापना गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सुविधाको चिन्ता नगर्न उद्योगी व्यवसायीलाई आश्वासन दिए ।

‘के सुधार गर्नु पर्‍यो । यसका लागि ऐन संशोधन गर्न विधेयकका रुपमा ल्याउन पनि सरकार तयार छ । उनले भने, ‘देश विकासका लागि जरुरी पर्‍यो भने अध्यादेश पनि ल्याइन्छ । अध्यादेश संविधानसम्मत कुरा हो ।’

आवश्यक परेका कुरामा बिलम्ब गर्न नहुँने भन्दै उनले भने, ‘छ महिना संसद यस्तै श्रद्धाञ्जलि दिँदै उठ्दै गर्ला । उद्योगलाई चाहियो भने हामीले उद्योगलाई अगाडि बढाउनु परेन ?’

प्रधानमन्त्री ओलीले अटो मोबाइल सम्बन्धी व्यवसायीले राखेका गुनासोलाई उदृत गर्दै आयात भन्दा पनि निर्यात गर्ने गरी नेपालमै गाडी उत्पादन गर्न आग्रह गरे ।

नेपालमै गाडी उत्पादन गरे सरकारले भारी सहुलियत दिने उनको भनाइ थियो । ‘सोचेको भन्दा बढी सुविधा दिइने छ ।’ उनले भने, ‘त्यसले रोजगारीको अवसर दिन्छ, उत्पादन हुन्छ र आयात प्रतिस्थापन गर्छ । यसले हाम्रो डलर बच्यो । बचत बच्यो ।’

सवारी साधन आयातमा भारी राजस्व तिर्नु पर्दा पनि सहरमा गाडीको संख्या खाँदाखाँद भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ट्याक्स कम हुँदा त्यो अवस्था अझ बढ्ने बताए ।

‘साच्चैको ट्याक्स कम गर्ने हो र, १० प्रतिशत डाउनपेमेन्ट र किस्ताबन्दीमा गाडी दिने सुविधा भए म पनि गाडी किन्ने थिएँ ।’ प्रधानमन्त्रीले ठट्टाको पारामा भने ।

सवारी साधनमा लगाइएको ट्याक्स सरकारले नसोचिकन नगरेको भन्दै सोचेर नै गरिरहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले आयात गर्ने कुरालाई आफूले खास व्यापार नठान्ने बताए ।

‘निर्यात व्यापार हो । उत्पादन गरेर पठाउनु व्यापार हो,’ उनले भने, ‘म पनि चामल, दाल, साग किनेर खान्छु । व्यापारी भएँ ? किनेर खाँदा व्यापारी भइन्छ ? मैले गाडी किनेर कुदाएँ भने म व्यापारी होइन । उपभोक्ता मात्रै हुँ ।’

केही रुपमा भएका प्रयासको भने प्रधानमन्त्रीले प्रसंशा गरे । मेक इन नेपाल एउटा उदाहरणीय काम भएको उनले बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ८ : ४० बजे

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत – पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००

फिफा विश्वकपको उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने, ‘हेड टु हेड’मा को बलियो ?

काठमाडौं – फिफा विश्वकप फुटबल–२०२६ आज रातिबाट औपचारिक रूपमा सुरु

बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिकाका लागि सुरक्षित, समावेशी, पहुँचयोग्य,

सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको भेट

काठमाडौं – सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका