बैंगलोर आईपीएलको शीर्ष स्थानमा « Khabarhub

बैंगलोर आईपीएलको शीर्ष स्थानमा


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ ।

लगातार तेस्रो जित निकालेको बैंगलोर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

चेन्नईमा आइतबार भएको खेलमा बैंगलोरले कोलकत्ता नाइट राइडर्सलाई ३९ रनले पराजित गर्‍यो ।

बैंगलोरले दिएको २ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो ।

कोलकत्ताका लागि आन्द्रे रसेलले सर्वाधिक ३१ रन बनाए । कप्तान इयान मोर्गन २९ रन जोड्दा शकिब अल हसन २६ रनमा आउट भए ।

बैंगलोरका केली जेमिसनले ३ विकेट लिए । यस्तै हर्सल पटेल र युजभेन्द्र चहलले २/२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो ।

बैंगलोरका लागि ग्लेन म्याक्सवेल र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले । म्याक्सवेलले ४९ बलमा ७८ रन बनाए भने भिलियर्सले ३४ बलमा अविजित रहदै ७६ रन बनाए ।

आइपीएलमा कोलकत्ताको यो दोस्रो हार हो । कोलकत्ताले ३ खेलमा २ अंक मात्र जोडेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ५ : ५५ बजे

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको