बैंगलोर आईपीएलको शीर्ष स्थानमा « Khabarhub

बैंगलोर आईपीएलको शीर्ष स्थानमा


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ ।

लगातार तेस्रो जित निकालेको बैंगलोर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

चेन्नईमा आइतबार भएको खेलमा बैंगलोरले कोलकत्ता नाइट राइडर्सलाई ३९ रनले पराजित गर्‍यो ।

बैंगलोरले दिएको २ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो ।

कोलकत्ताका लागि आन्द्रे रसेलले सर्वाधिक ३१ रन बनाए । कप्तान इयान मोर्गन २९ रन जोड्दा शकिब अल हसन २६ रनमा आउट भए ।

बैंगलोरका केली जेमिसनले ३ विकेट लिए । यस्तै हर्सल पटेल र युजभेन्द्र चहलले २/२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो ।

बैंगलोरका लागि ग्लेन म्याक्सवेल र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले । म्याक्सवेलले ४९ बलमा ७८ रन बनाए भने भिलियर्सले ३४ बलमा अविजित रहदै ७६ रन बनाए ।

आइपीएलमा कोलकत्ताको यो दोस्रो हार हो । कोलकत्ताले ३ खेलमा २ अंक मात्र जोडेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ५ : ५५ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को