कुशल चम्किदा मलेसियाविरुद्ध नेपालको सानदार जीत « Khabarhub

कुशल चम्किदा मलेसियाविरुद्ध नेपालको सानदार जीत


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कुशल भुर्तेलको अर्धशतकको मद्दतमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियालाई ९ विकेटले पराजित गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार कुशलले अर्धशतकीय इनिङ्स खेल्दा मलेसियालाई सहजै पराजित गरेको हो ।

मलेसियाले दिएको १ सय १० रनको सामान्य लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालको जितका नायक बनेका कुशलले अविजित रहदै ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिए ।

नेदरल्यान्ड्सविरुद्धको खेलमा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका उनको यो लगातार दोस्रो अर्धशतक हो । शनिबार नेदरल्यान्ड्सविरुद्धको खेलमा कुशलले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

त्यस्तै नेपालको सहज जीतका लागि अर्का ओपनर आसिफ शेखले ४२ रन जोडे । उनले कुशलसँग १ सय २ रनको साझेदारी गरे । उपकप्तान दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे । मलेसियाका लागि विरन्दीप सिंहले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनाएको थियो । नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । उनले ३ ओभरमा १७ रन खर्चेर तीन विकेट लिएका हुन् ।

त्यस्तै सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्ले १/१ विकेट लिए ।

नेपालले २ खेलमा ४ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा छ । मलेसियाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा मलेसिया नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ४ : २४ बजे

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको