‘थ्री इडियट्स’ सुटिङमा आमिर, माधवन र शरमन मातेपछि… « Khabarhub

‘थ्री इडियट्स’ सुटिङमा आमिर, माधवन र शरमन मातेपछि…


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडका सफल फिल्मको नाम लिँदा आमिर खानको ‘थ्री इडियट्स’ पनि पर्दछ । यो फिल्म सन् २००९ मा रिलिज भएको थियो । फिल्ममा आमिर खान, शरमन जोशी, आर माधवन, बोमन ईरानी र करीना कपूर प्रमुख भूमिकामा थिए ।

एबीपी लाइभका अनुसार राजकुमार हिरानी निर्देशित यो फिल्मको सुटिङको समयमा एक रोचक किस्सा भएको छ । फिल्ममा आमिर, शरमन र आर माधवनले मदिरा पिएको दृश्य सबैले हेर्नुभएकै छ ।

यो दृश्यलाई वास्तविक बनाउनका लागि आमिरले राजकुमारलाई आफूहरु तीनैजनाले थोरै मात्रामा मदिरा सेवन गर्ने सल्लाह मागेका थिए । आमिरले थोरै भनेपनि तीनजनाले धेरै मात्रामा मदिरा पिएका थिए ।

आमिर, माधवन र शरमनको अवस्था देखेर निर्देशक हिरानी चिन्तित बने । तर पनि फिल्मका लागि सट तयार पारे । पटक पटक रिटेक भएपछि फिल्मको स्टक रिल नै सकिएको थियो ।

रातको दुई बजे रिल लिनका लागि सुटिङ सेटमा भागदौड नै भयो । त्यो रातमा ‘थ्री इडियट्स’को नजिकै अर्को फिल्मको सुटिङ भइरहेको थियो ।

निर्देशक हिरानीले त्यही सेटमा गएर उधारोमा रिल ल्याएर आफ्नो फिल्मको दृश्य पुरा गरेका थिए ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  १० : ५५ बजे

विश्वकपमा दीपेन्द्रको सम्झनायोग्य ब्याटिङ : दुई अर्धशतकसहित सर्वाधिक १६९ रन

काठमाडौं – आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा

निर्वाचन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

काठमाडौं – निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा

काठमाडौं – शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन ६ गते बुधबार फागुन