एमाले कार्यदल बैठक स्थगित « Khabarhub

एमाले कार्यदल बैठक स्थगित


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक स्थगित भएको छ ।

आज साँझ ७ बजेका लागि बोलाइएको बैठक भोलि बस्नेगरी स्थगित भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

आजको बैठकमा कार्यदलका सबै सदस्यहरु उपस्थित हुन सक्ने अवस्था नभएपछि भोलि बस्ने गरी बैठक स्थगित गरिएको उनले जानकारी दिए ।

कार्यदलका सदस्यसमेत रहेका नेता सुरेन्द्र पाण्डेले बैठक लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका कार्यदल सदस्य शंकर पोखरेल अनुपस्थित हुने भएपछि बैठक स्थगित गरिएको बताए ।

आजको बैठकमा कार्यदलको कार्यविधि, आचारसंहिता र कार्यक्षेत्रबारे छलफल हुने कार्यसूची थियो।

एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको चर्किएको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल बनाइएको छ ।

कार्यदलम संस्थापन पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। नेता नेपालको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन्। ​

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ७ : ४६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना